नगरपालिकाले स्थानीय पाठ्यक्रममा वैदेशिक रोजगारसम्बन्धी विषय राखेपछि…
काठमाडाैं। बागलुङको गलकोट नगरपालिकाले नेपालमा नै पहिलो पटक स्थानीय पाठ्यक्रममा वैदेशिक रोजगारीसम्बन्धी विषय समावेश गरेर पठनपाठन सुरु गरेको छ ।
चालु शैक्षिक सत्रबाट आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरेको नगरपालिकाले कक्षा ६ को पाठ्यपुस्तकमा वैदेशिक रोजगारी र त्यसको सामाजिक प्रभावको विषय समावेश गरेको हो ।
सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले वैदेशिक रोजगारीका विषयमा बालबालिकालाई ज्ञान हुन आवश्यक रहेकाले पाठ्यक्रममा नै यो विषय समावेश गरेको नगर प्रमुख भरत शर्मा गैरेले बताए।
वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमा स्वरोजगार हुने मानसिकताको विकास गर्न र जानै परे वैदेशिक रोजगारीको विषयमा ज्ञान लिएर जाने वातावरण बनाउनका लागि पाठ्यक्रममा यो विषय समावेश गरिएको गैरेले बताए ।
‘वैदेशिक रोजगारी स्वाभाविक प्रक्रिया जस्तो भइसक्यो, कम्तीमा यसको विषयमा बुझेर जाउन, सीप सिकेर जाउन भन्ने हो’, उनले भने, ‘वैदेशिक रोजगारीसम्बन्धी सचेतनाका लागि यो प्रयास थालिएको हो ।’
वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारीका विषयमा पढाउने देशभरका सात सय ५३ स्थानीय तहमध्ये गलकोट पहिलो स्थानीय तह भएको बताए । सुरक्षित आप्रवासनका लागि पाठ्यक्रमले धेरै सहयोग गर्ने उनको बुझाइ छ ।
‘हामीले पनि धेरै सहयोग गरेर पाठ्यक्रम तयार भएको छ, कक्षा ६ मा पढाइ हुनु खुसीको कुरा हो’, रेग्मीले भने, ‘यो पढाइ व्यावहारिक हुनेछ, अन्य स्थानीय तहले पनि लागू गर्दा राम्रो हुन्छ ।’ वैदेशिक रोजगारीमा गएका र जान खोज्ने ठगिने गरेकाले यो पाठ्यक्रमले त्यसलाई रोक्ने उनको बुझाइ छ ।
विदेश जान चाहने तथा विदेशमा पुगेर पनि ठगिएका नेपालीले उपचार खोज्ने र न्याय पाउने अवस्था चुनौतीपूर्ण छ । यस्तो बेला सचेतनाको अभाव हुने गरेको उनले बताए ।
बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाले पनि वैदेशिक रोजगारीको विषय पाठ्यक्रममा समावेश गर्ने चरणमा रहेको उनले जानकारी दिए । ‘हामीले सुझाव दिएका छौँ, उनीहरु सकारात्मक छन्’, उनले भने, ‘यो सबैका लागि जरुरी विषय पनि हो ।’
बागलुङका नगर उपप्रमुख राजु खड्काले वैदेशिक रोजगारीका विषयमा बालबालिकादेखि वयस्कसम्म सबैमा सचेतना पुर्याउन आवश्यक रहेको बताए । उनले देशमा नै रोजगारी पर्याप्त नभएर विदेश जानुपर्दा सीप, ज्ञान सिकेर जाने युवाले काम पनि राम्रो पाउने तथा कमाइ पनि राम्रो हुने र सुरक्षित पनि भइने बताए।
बागलुङको बागलुङ, जैमिनी र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाले आप्रवासी पाश्र्वचित्र तयार गरेका छन् । यसबाट आप्रवासन प्रक्रियालाई सुरक्षित बनाउन सकिने सरोकारवाला बताउँछन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि विभिन्न तरिकाले स्थानीय तहहरुले काम अघि बढाएको सुरक्षित आप्रवासन कार्यक्रम बागलुङका संयोजक मिनप्रसाद पौडेलले बताए।
ताजा अपडेट
- शिक्षामन्त्री पुनले जेनजीको माग पुरा गर्न सक्दिन भनेपछि…
- सीटीईभीटीको सर्टिफिकेट र ट्रान्सक्रिप्टमा क्यूआर कोड
- एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
- रिलायन्सद्वारा २३ औँ ब्याचका विद्यार्थीलाई स्वागत २१ औँ ब्याचलाई बिदाइ कार्यक्रम सम्पन्न
- राजनीतिक दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारवाही गर्ने मन्त्री पुनको चेतावनी
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक हुँदैं
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया