रिलायन्सले गर्यो स्नातक तह उत्तीर्ण विद्यार्थीलाई विदाई
काठमाडौं । रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गतको रिलायन्स कलेजले स्नातक तह उत्तीर्ण विद्यार्थीहरुलाई बिदाई गरेको छ । बुधबार एक भव्य कार्यक्रमका बीच रिलायन्समा अध्ययन गरी बीबीएस, बीसीए र बीएसडब्लू उत्तीर्ण विद्यार्थीहरुलाई बिदाई गरेको हो ।
नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाको अध्यक्षता रहेको कार्यक्रममा सानिमा बैंकका पूर्व सिईओ एवम् नेपाल बैंकर्स एशोसिएसनका पूर्व अध्यक्ष भूवन दाहालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, पठाओका सिइओ असिममान सिंह बस्नेत विशेष अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा बोल्दै विशेष अतिथि बस्नेतले लगनशीलता र इमान्दारिता भयो भने नेपालमा जुनसुकै क्षेत्रमा पनि सफल भइने बताए । ‘अहिले प्लस टु सकिने बित्तिकै विद्यार्थीहरु विदेशिने लहर छ,’ उनले भने, ‘उहाँहरुले नेपालमा अवसर नपाएर होइन अवसर नदेखेर विदेशिनु भएको हो ।’ यदि नेपाललाई बनाउने हो भने युवाहरु देशमै अडिनुपर्ने उनको धारणा थियो ।
यसैगरी, कार्यक्रमका प्रमुख अतिथि दाहालले पनि नेपालमा थुप्रैै अवसर हुँदाहुँदै पनि युवा वर्गको त्यसतर्फ आकर्षण नभएको बताए । ‘नेपालमा अवसर नभएको होइकन त्यो अवसरलाई हामीले कसरी हेर्छौं भन्ने कुरा महत्वपूर्ण हो,’ उनले भने । साथै, सफलताका लागि अनुशासन निकै महत्वपूर्ण रहेको समेत उनले बताए ।

यसैगरी, नेटवर्कका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष थापाले रिलायन्सले हरेक वर्ष अब्बल जनशक्ति उत्पादन गरिरहेको बताए । ‘रिलायन्सले उत्पादन गरेका जनशक्ति अहिले विभिन्न क्षेत्रमा कार्यरत हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरु जहाँ हुनुहुन्छ त्यहाँ आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरिरहनु भएको छ जसले हामीलाई गर्वावन्वित बनाउँछ ।’ रिलायन्सबाट उत्तीर्ण भएर निस्किएका विद्यार्थीहरु बेरोजगार भएर बस्नुपर्ने अवस्थासमेत नरहेको उनले बताए । ‘हामीकहाँ अध्ययन गरेका विद्यार्थीहरुले समाजमा प्रभावकारी कार्य गरिरहेको पाउँछौँ,’ उनले भने ।

कार्यक्रममा रिलायन्सका अध्यापनरत पिएचडी होल्डर शिक्षकहरुलाई सम्मान गरिएको थियो । मन्टेश्वरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको रिलायन्सले स्नातक तहमा बीबीएस, बिए, बीसीए, सीएसआइटी, बीबीएका कार्यक्रम सञ्चालन गर्दै आएको छ भने स्नातकोत्तर तहमा एमबीए र एमबीएस अध्यापन गराउँदै आएको छ ।

ताजा अपडेट
- जथाभावी विद्यार्थीको कपाल मुण्डन नगर्न विद्यालयहरुलाई महानगरको आग्रह
- रिलायन्सले गर्यो स्नातक तह उत्तीर्ण विद्यार्थीलाई विदाई
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु
- विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
- आईआईएमएस २.० विधिवत् उद्घाटन : नेपालमा विश्वस्तरीय शिक्षाको सुरुवात
- शिक्षामन्त्री पुनले जेनजीको माग पुरा गर्न सक्दिन भनेपछि…
- सीटीईभीटीको सर्टिफिकेट र ट्रान्सक्रिप्टमा क्यूआर कोड
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया