इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा. जोशीको लाइसेन्स छानविनको माग गर्दै उजुरी
काठमाडौं—मुलुककै प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)का डिन प्रा.डा. शशीधर राम जोशी विरुद्ध नेपाल इन्जिनियरिङ काउन्सिलमा उजुरी परेको छ । आइतबार डा. जोशीको नेपाल इन्जिनियरिङ परिषद्बाट लिने लाइसेन्स छानविनको माग गर्दै उनी विरुद्ध परिषद्मा उजुरी परेको हो ।
ई. भैरव धितालले डा. जोशीसँग परिषद्को लाइसेन्स नभएकाले उनी अध्ययन अध्यापन गराउन समेत अयोग्य रहेको भन्दैं उजुरी दिएका छन् । उनले इन्जिनियरिङ अध्ययन अध्यापन गराउनुअघि परिषद्बाट अनिवार्य लाइसेन्स लिनुपर्ने काउन्सिल ऐनको व्यवस्था विपरित डा. जोशीले लाइसेन्स नलिएको निवेदन उल्लेख गरेका छन् ।
‘नेपाल इन्जिनियरिङ परिषद्को ऐनमा व्यवस्था अनुरुप इन्जिनियरिङ विषयको अध्ययन अध्यापन गर्न गराउन अघि परिषद्बाट अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने व्यवस्था देखिएकोमा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका हालका डिन शशीधर राम जोशीले ने. इन्जिनियरिङ परिषद्बाट लाइसेन्स नलिएको कारणले गर्दा निज अध्यापन गराउन र इन्जिनियरिङ अध्ययन संस्थानको डिन हुनका लागि योग्यता नपुगेको कारणले गर्दा निजको लाइसेन्स छानविन गरी यथाशीघ्र कारवाही गरिपाउँ भनी यो निवेदन यहाँ समक्ष पेश गरेको छु,’ धितालले काउन्सिलका अध्यक्षलाई लेखेको उजुरी निवेदनमा छ ।
चार दशकदेखि शिक्षणमा सक्रिय डा. जोशी तीन वर्षअघि डिनमा नियुक्त भएका थिए ।
ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया