Techie IT
  • शनिबार, असार २८, २०८२ / Saturday, July 12, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारइन्जिनियरिङ अध्ययन संस्थानका डिन डा. जोशीको लाइसेन्स छानविनको माग गर्दै उजुरी

इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा. जोशीको लाइसेन्स छानविनको माग गर्दै उजुरी


काठमाडौं—मुलुककै प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)का डिन प्रा.डा. शशीधर राम जोशी विरुद्ध नेपाल इन्जिनियरिङ काउन्सिलमा उजुरी परेको छ । आइतबार डा. जोशीको नेपाल इन्जिनियरिङ परिषद्बाट लिने लाइसेन्स छानविनको माग गर्दै उनी विरुद्ध परिषद्मा उजुरी परेको हो ।

ई. भैरव धितालले डा. जोशीसँग परिषद्को लाइसेन्स नभएकाले उनी अध्ययन अध्यापन गराउन समेत अयोग्य रहेको भन्दैं उजुरी दिएका छन् । उनले इन्जिनियरिङ अध्ययन अध्यापन गराउनुअघि परिषद्बाट अनिवार्य लाइसेन्स लिनुपर्ने काउन्सिल ऐनको व्यवस्था विपरित डा. जोशीले लाइसेन्स नलिएको निवेदन उल्लेख गरेका छन् ।

‘नेपाल इन्जिनियरिङ परिषद्को ऐनमा व्यवस्था अनुरुप इन्जिनियरिङ विषयको अध्ययन अध्यापन गर्न गराउन अघि परिषद्बाट अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने व्यवस्था देखिएकोमा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका हालका डिन शशीधर राम जोशीले ने. इन्जिनियरिङ परिषद्बाट लाइसेन्स नलिएको कारणले गर्दा निज अध्यापन गराउन र इन्जिनियरिङ अध्ययन संस्थानको डिन हुनका लागि योग्यता नपुगेको कारणले गर्दा निजको लाइसेन्स छानविन गरी यथाशीघ्र कारवाही गरिपाउँ भनी यो निवेदन यहाँ समक्ष पेश गरेको छु,’ धितालले काउन्सिलका अध्यक्षलाई लेखेको उजुरी निवेदनमा छ ।

चार दशकदेखि शिक्षणमा सक्रिय डा. जोशी तीन वर्षअघि डिनमा नियुक्त भएका थिए ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको