कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, कुन विषयको परीक्षा कहिले ?
काठमाडौं । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले आज आइतबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।
बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार २०८० साल वैशाख २६ गतेबाट परीक्षा शुरु हुने जनाइएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, वौद्ध शिक्षा, उर्दु व्याकरण र साहित्य, अनिवार्य वैकल्पिक संस्कृत रचना लगायतका विषय रहेको परीक्षा हुनेछ ।
परीक्षा जेठ ५ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने जनाइएको छ ।
परीक्षामा साधारण/परम्परागत धारतर्फ रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७८ र ७९ हुने ग्रेडवृद्धि तथा नियमित परीक्षार्थीहरुले नयाँ पाठ्यक्रम अनु्सार परीक्षामा सहभागि हुनु पर्ने बोर्डले जनाएको छ । यस्तै, अन्य ग्रेड वृद्धि/आंशिक परीक्षार्थीहरु (रजिष्ट्रेसन नम्बर शुरुका दुई अंक ७२, ७३, ७४, ७५, ७६ र ७७ हुने) ले पुरानो पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने जनाइएको छ ।
यसैगरी, प्राविधिक धारतर्फका नियमित परीक्षार्थीहरु (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७९ हुने ) ले प्राविधिक धारतर्फको नयाँ पाठ्यक्रमअनुसार परीक्षामा सहभागी हुनु पर्ने तथा सो बाहेक अन्य ग्रेडवृद्धि/आंशिक परीक्षार्थीहरु (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७२, ७३, ७४, ७५, ७६, ७७ र ७८ हुने) ले पुरानो पाठ्यक्रम अनुसार परीक्षा दिनु पर्ने बोर्डले जनाएको छ ।
ताजा अपडेट
- रिलायन्स कलेजले सीए कार्यक्रम सञ्चालन गर्दै
- नेपालका हजारौं माविमध्ये उत्कृष्ट १७ औँ स्थानमा मनास्लु वर्ल्ड कलेज
- आज साँझ एसईई नतिजा सार्वजनिक हुने
- नेपालका अब्बल ३० माविहरू
- अघि बढ्यो आठ वटा विश्वविद्यालयको उपकुलपतिका नियुक्तिको प्रक्रिया
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय






तपाईको प्रतिक्रिया