समाचार
निजी स्कुललाई बालेनको निर्देशन—आफ्नै पाठ्यपुस्तक वा पोशाक किन्न विद्यार्थीलाई बाध्य नपार्नु
काठमाडौं—पछिल्लो समय काठमाडौवासीको जीवनमा देखिने गरी परिवर्तन गर्न लागिरहेका काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अर्को सुधारको काम अगाडि सारेका छन् । उनले महानगरपालिकाभित्रका निजी स्कुलको सिण्डिकेट हटाउने पहल सुरु गरेका छन् ।
यसका लागि मेयर शाहले निजी स्कुललाई आफूले भनेकै ठाउँबाट पाठ्यपुस्तक, स्टेनशनरी र पोशाक किन्न विद्यार्थी र विद्यार्थी अभिभावकलाई बाध्य नबनाउन निर्देशन दिएका छन् । निजी स्कुलहरुले आफ्नै पाठ्यपुस्तक, स्टेशनरी र पोशाक खरिद गर्न अभिभावक तथा विद्यार्थीलाई बाध्य बनाउँदैं आएका छन् ।
‘कतिपय विद्यालयहरुले विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालयबाट नै पाठ्यपुस्तक, स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य पार्ने गरेको भन्ने गुनासो यस विभागमा बारम्बार आउने गरेको हुँदा सम्बन्धित सबै विद्यालयहरुले अनिवार्य रुपमा निर्देशिका विरुद्ध गर्नु गराउनु हुन अनुरोध छ,’ महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचनामा छ ।
संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ (संशोधनसहित)मा विद्यालय आफैले पाठ्यपुस्तक तथा स्टेनशरी बिक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न बाध्य नगराउने व्यवस्था छ ।

ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया