रिलायन्स पब्लिक स्कुलमा नमुना संयुक्त राष्ट्रसंघको ८ औं संस्करण शुरु

काठमाडौं । नमुना संयुक्त राष्ट्रसंघको आठौँ संस्करण कपनस्थित रिलायन्स पब्लिक स्कुलमा शुरु भएको छ । रिलायन्स एजुकेशन नेटवर्कको आयोजनामा बिहिबारबाट उक्त संस्करण शुरु भएको हो ।
नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाको सभापतित्वमा शुरु भएको उक्त कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी, युएन हाउस नेपालका प्रतिनिधि सुवास नेपाली विशेष अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रममा बोल्दै नेपालीले दिगो विकासका लागि यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व विकास हुने धारणा राखेका थिए ।‘यस्ता कार्यक्रमले विद्यार्थीको धारणामा परिवर्तन ल्याउँछ,’ उनले भने, ‘जसकारण भाबी दिनमा कुशल नेतृत्व उत्पादन गर्न सहयोग गर्छ भन्ने मेरो विश्वास छ ।’
यसैगरी, रिलायन्स एजुकेशन नेटवर्कका संस्थापक निर्देशक राजकुमार सिवाकोटीले धारणा राख्दै यस्ता विषयले विद्यार्थीमा कुटनीतिक क्षमताको अभिवृद्धि गरी विज्ञान र प्रविधिले शुशोभित दक्ष नागरिक निर्माण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि कार्कीले विद्यार्थीको नेतृत्व विकासका लागि लगनशील हुनुपर्ने धारणा राखेका थिए ।
यसैगरी, नेटवर्कका अध्यक्ष एवम् कार्यक्रमका सभापति थापाले विश्व शान्ति, सद्भाव, भाइचारा, प्रविधिको समुचित प्रयोग विश्व तापमान र त्यसले पार्ने प्रभाव मानवीय नवीन बस्तीको खोजी एवम् सर्वजन हिताय चः भन्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजनका गरिएको बताए । ‘विश्वमा भइरहेका जल्दाबल्दा समस्याको जानकारी दिने एवम् त्यस्ता समस्याहरु के कसरी समाधान गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरेका हौँ,’ उनले भने ।
नेटवर्कले विद्यालय एवम् विश्वविद्यालय स्तरका बालबालिकाको क्षमता अभिवृद्धि गरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याको पहिचान गरी के कसरी समाधान गर्न सकिन्छ भनेर बुझ्न बुझाउन सन् २०१६ मा रिलायन्स स्कुल नमुना राष्ट्रसंघको स्थापना गरिएको जनाइएको छ ।
उक्त समारोहको समापन शनिबार दिउँसो तीन बजे हुँदैछ ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया