समाचार
सेन्ट लरेन्सलाई ‘कलेज अफ दि इयर’ एवार्ड
काठमाडौं—सेन्ट लरेन्स कलेजले ‘कलेज अफ दि इएर’को एवार्ड हात पारेको छ । मंगलबार शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको १८औँ नेशनल एजुकेसन एवार्ड समारोहमा सेन्ट लरेन्स कलेजले ‘कलेज अफ दि इएर’को एवार्ड पाएको हो ।
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले श्रेष्ठ लरेन्सका अध्यक्ष केशव दंगाललाई उक्त एवार्ड हस्तान्तरण गरेका थिए । एवार्ड हस्तान्तरणपछि मन्त्री श्रेष्ठले शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाको पूर्वाधार विकासका लागि सरकारले लगनी बढाउनुपर्ने बताए ।

उक्त एवार्ड समारोहमा शिक्षा क्षेत्रका योगदान गरेका, समाजसेवी, विज्ञ, विद्यालय संचालक, कर्मचारीलगायतलाई समेत विभिन्न एवार्डबाट सम्मान गरिएको थियो ।

एवार्ड छनोटका लागि शिक्षा सेवाका उपसचिव गेहनाथ गौतम, शिक्षा पत्रकार प्रकाश सिलवाल, अभियन्ता विके श्रेष्ठ रहेको निर्णायक समिति र शिक्षाकर्मीहरू दिपीका थापा र रामहरि सिलवाल रहेको स्रोत व्यक्ति समूह गठन बनाइएको थियो ।
चाबहिलस्थित सेन्ट लरेन्स कलेज पछिल्लो समय नेपालका उत्कृष्ट कलेजहरुमा समेत पर्दै आएको छ । कलेजले उत्कृष्ट व्यवस्थापनमा विज्ञान, व्यवस्थापन, मानविकीलगायतका विधामा अध्यापन गराउँदैं आएको छ ।
ताजा अपडेट
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त
- प्रधानाध्यापक नियुक्तिदेखि हटाउनेसम्मको अधिकार अब स्थानीय तहलाई
- एसईई ग्रेड वृद्धी परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय










तपाईको प्रतिक्रिया