समाचार
सेन्ट लरेन्स माविको अभिभावक दिवस सम्पन्न

काठमाडौं-चावहिलस्थित सेन्ट लरेन्स माध्यमिक विद्यालयले अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विद्यालय प्राङ्गणमा विविध कार्यक्रमकाबीच कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाको प्रमुख अतिथ्यता थियो । भने, बागमती प्रदेश सभा सदस्य श्रीराम लामिछाने विशेष अतिथिका रुपमा थिए । त्यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष बिमलकुमार होडा, काठमाडौं महानगरपालिका शिक्षा विभागका स्रोत व्यक्ति यमनाथ चौलागाईंलगायतका अतिथिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि थापाले विद्यालयलाई शुभकामना दिँदै बालबालिकाहरुलाई सानैबेला जीवनोपयोगी शिक्षा दिनुपर्नेमा जोड दिए । बालमस्तिष्कमा अभिभावकले जे भर्यो बालबालिकाले त्यही अनुसरण गर्ने भएकाले उनीहरुमा सकारात्मक सोच, नेतृत्व गर्न सक्ने सीप, अभाव र पराजयलाई पनि समान्य ढंगले लिन सक्ने कुराहरु सिकाउनुपर्ने उनको तर्क थियो । ‘बालबालिकालाई हरेक परिस्थितिमा खुसी हुन सिकाउनुपर्छ, उनीहरुलाई सधैं पहिलो हुनुपर्छ भनेर सिकाउँदै गर्दा पहिलो नहुँदै गर्दा कसरी सम्हालिने भन्ने कुरा पनि सिकाउनुपर्छ,’ अभिभावकलाई उत्प्रेरणा भर्दैै उनले भने, ‘अब भित्रैबाट खुसी हुन सक्ने विद्यार्थीको खाँचो छजसका लागि विद्यालय र अभिभावकको साझेदारी आवश्यक पर्छ ।’
साथै, सेन्ट लरेन्स आफ्नो निर्वाचन क्षेत्रको उत्कृष्ट विद्यालयमध्ये एक रहेको भन्दै आगामी दिनका लागि शैक्षिक सफलताका लागि शुभकामना समेत दिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले स्वागत मन्तव्यमार्फत अतिथि तथा विद्यार्थी अभिभावकलाई स्वागत गरेका थिए । साथै, उनले विद्यालयले विगतमा गर्दै आएको गतिविधि र भविष्यमा गर्ने शैक्षिक योजनाका बारेमा अभिभावकलाई प्रष्ट गरेका थिए ।
कार्यक्रममा उपस्थित अभिभावकलाई प्रोत्साहित गर्दै महर्जनले भने, ‘आजको दिन अभिभावकको दिन हो त्यसैले तपाईंहरुको त्याग, बलिदान र समर्पणलाई सधैँ सम्मान गर्छौँ ।’
‘लर्निङ फर लाइफ’ नारा बोकेर अघि बढेको सेन्ट लरेन्सले पढाईका साथै अरिरिक्त क्रियाकलापमा समेत जोड दिँदै आएको उनले प्रष्ट पारे । जसलाई आगामी दिनमा अझै परिस्कृत गर्दै लैजाने कुरामा उनले जोड दिए । त्यस्तै, आगामी शैक्षिक सत्रबाट विद्यालयले सूचना र प्रविधिमैत्री शिक्षामा जोड दिन लागेको समेत उनले खुलाए । ‘अहिलेको जमाना भनेको सूचना र प्रविधिको हो त्यसैले हामीले पनि त्यसलाई आत्मसाथ गर्दै आएका छौँ,’ उनले भने, ‘आगामी शैक्षिक सत्रबाट हामी प्राविधिक शिक्षामा जोड दिँदैछौँ ।’
कार्यक्रममा वडाध्यक्ष होडाले पनि विद्यालयलाई शुभकामना दिए । साथै, विद्यालयको संस्थागत विकासका लागि वडा सधैँ सेन्ट लरेन्सको साथमा रहेको समेत व्यक्त गरे । ‘सेन्ट लरेन्सले वडाले गर्ने विभिन्न सामाजिक गतिविधिमा सारथी बन्दै आएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि हामी सँगसँगै सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका सांसद लामिछानेले आजका विद्यार्थीहरुलाई संस्कारयुक्त शिक्षाको आवश्यकता रहेको बताए । ‘अब विद्यार्थीहरुलाई शिक्षामात्र होइन संस्कारयुक्त शिक्षाको आवश्यक छ,’ विद्यालयलाई शुभकामना दिँदै उनले भने, ‘पक्कै पनि सेन्ट लरेन्सले संस्कारयुक्त शिक्षा दिन्छ भन्नेमा म विश्वस्त छु ।’
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकलाई विभिन्न अवार्डद्वारा पुरस्कृतसमेत गरिएको थियो । जसमा एकेडेमिक एक्सिलेन्ट अवार्ड छात्रा क्रिस्टिना खड्कालाई प्रदान गरिएको थियो । त्यस्तै, नियमित विद्यार्थी अवार्ड जेनिश गोले, अनुशासित विद्यार्थी अवार्ड आकांक्षा घिमिरे, निट एण्ड टाइडी अवार्ड पियंशा दंगाल, स्पोर्टस् एक्सिलेन्ट अवार्ड रेमण्ड सिंह र दिक्षा गुरुङलाई दिइएको थियो ।
त्यस्तै, स्टुडेन्ट अफ द इयरको उपाधि छात्रा रियाशा कार्कीलाई दिइएको थियो । यसैगरी, उत्कृष्ट अभिभावक अवार्ड अनामिका खत्रीले पाएकी थिइन् । भने, उत्कृष्ट शिक्षकको उपाधि शिक्षिका सोफिया मल्ललाई प्रदान गरिएको थियो । त्यस्तै, उत्कृष्ट कर्मचारी अवार्ड कमला भण्डारीलाई दिइएको थियो ।
विद्यालयका अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सयौँ अभिभावक तथा विद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष दंगालले शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापनको सहकार्यबाटमात्र उच्च शैक्षिक सफलता हासिल गर्न सकिने बताए । ‘आज सेन्ट लरेन्स जुन स्थानमा छ यो तपाईंहरु जस्तै अभिभावकहरुको सकारात्मक सोचको सफलता हो,’ उनले भने, ‘आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौँ ।’
कार्यक्रममा मन्टेश्वरीदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न प्रस्तुति दिएका थिए ।
ताजा अपडेट
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपालका २५ अब्बल माविहरू
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया