व्यवस्थापनमा पूर्वकै अब्बल मावि मेरिल्याण्ड
विराटनगर— विराटनगर—७ स्थित मेरिल्याण्ड सेकेण्डरी स्कुल पूर्वमै व्यवस्थापनमात्रै पढाउने अब्बल माविमा पर्छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा गत वर्ष मेरिल्याण्डले उत्कृष्ट नतिजा हासिल गरेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल बताउँछन् ।
प्रिन्सिपल ढकालकाअनुसार माविले बोर्डको परीक्षामा ९५.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको थियो । माविले कम्प्युटर साइन्स, विजनेश स्टडिज, विजनेश म्याथ पढाउँदैं आएको छ । ‘यस वर्षदेखि हामीले होटल म्यानेजमेन्ट पनि थपेका छौं,’ ढकाल भन्छन्, ‘पूर्वमा एउटै मात्र संकाय अध्यापन गर्छौ । नतिजामा पनि उत्कृष्ट दिइरहेका छौं ।’
माविले कक्षा ११ र १२ का विद्यार्थीहरु निःशुल्क पुस्तक उपलब्ध गराउँछ । ‘त्यसबाहेक हाम्रो उत्कृष्ट नतिजाको मूल कारण चुस्त व्यवस्थापन, वर्षभरि निःशुल्क कोचिङको व्यवस्था, अनुभवी शिक्षक शिक्षिकाको टिम नै हो,’ उनी थप्छन्, ‘विद्यार्थीहरुको विशेष निगरानी, अतिरिक्त क्रियाकलाप, उच्च क्यारिअर डेभलपमेन्ट अपरचुनिटी आदि हाम्रो माविका विशेषता हुन् ।’

माविमा विश्वमै लोकप्रिय बनिरहेको विकासमैत्री गुणात्मक शिक्षालाई जोड दिइएको छ । अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकासमा पनि माविले उत्तिकै लगानी गरिरहेको छ । ढकालकाअनुसार कविता प्रतियोगिता, वादविवाद प्रतियोगिता, क्वीज कम्पीटिसनजस्ता प्रतियोगिताहरु निरन्तर भइरहेका हुन्छन् भने कृषि शाला, भ्रमण, योगा क्लास, खेलकूद, गेष्ट लेक्चर, मोटिभेसनल स्पीच,
मेरिल्याण्डले एकेडेमिक क्यालेन्डर बनाएर वर्षभरी त्यसलाई फ्लो गर्ने गर्छ । त्यसकै परिणाम मान्नुपर्छ अहिले मेरिल्याण्डका विद्यार्थीहरु विराटनगरका १७ वटा बैक, ७ वटा विकास बैक तथा इन्स्यरेन्स कम्पनी र विभिन्न उधोग तथा निजी कम्पनीहरुमा कार्यरत रहेको उनले जानकारी दिए । ‘हाम्रा विद्यार्थीहरु सीए, म्यानेजर, व्यवसायीका रुपमा काम गरिरहेका छन्,’ उनले थपे, ‘स्वदेशमा मात्रै नभएर क्यानडा, अमेरिका, अष्ट्रेलियाजस्ता देशहरुका राम्रा विश्वविद्यालयमा छात्रवृत्तिमा पढिरहेका छन् ।’ पछिल्ला केही वर्षदेखि नेपालमा टपटेप प्लस टुहरुमा पनि मेरिल्याण्डले आफ्नो स्थान बनाउँदैं आएको छ ।
‘हामी विद्यार्थीहरुलाई घरासयी वातावरणमा पढाउँछौं र अभिभावकको भूमिका निर्वाह गर्छौ,’ प्रिन्सिपल सफलताको रहस्य खोल्छन्, ‘विद्यार्थीको समस्यामा चिन्तित हुन्छौं । कुन विद्यार्थी के मा कमजोर छ, उसलाई के गर्दा राम्रो हुँन्छ त्यही कुरामा ध्यान दिएर पढाउँछौं ।’ माविले विहानी र दिवा दुवै सत्रमा विद्यार्थीहरु अध्यापन गराउँदैं आएको छ । टाढा—टाढाका विद्यार्थीहरुका लागि बसको व्यवस्था पनि माविले गरेको छ ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया