नेपालमा पशु औषधि उत्पादनका लागि कान्तिपुर फर्मास्युटिकल्सले कोरियन कम्पनीसँग गर्यो सम्झौता
काठमाडौं— अग्रणी पशु औषधि उत्पादक कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाको प्रतिष्ठित कम्पनी केबीएनपीबीच नेपालमा पशु औषधि उत्पादनका लागि महत्वपूर्ण प्राविधिक सम्झौता भएको छ । बुधबार एभरेष्ट होटलमा आयोजित एक कार्यक्रममाझ केपीएलका अध्यक्ष हेमराज बडाल र केबीएनपीका प्रेसिडेन्ट हानी स्वङ्गले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र पशु सेवा विभागकी सहसचिव सलिना मानन्धरलगायतको उपस्थिती थियो । सम्झौता कार्यक्रममा बोल्दैं विभागका महानिर्देशक ढकालले टेक्नोलीजिकल कोलाबरेसन गर्ने कानुनी व्यवस्था रहेको बताए । ‘हामी म्यानिफ्याक्चरिङ सेक्टरमा ३०—३५ वर्ष पछाडि छौं । फर्मा एजुकेशनका सेक्टरमा पनि हामी पछि छौं,’ ढकालले भने, ‘जसका कारण यो क्षेत्रमा ठूलो टेक्नोलोजीकल ग्याप छ । त्यसका लागि बाहिरबाट टेक्नोलोजी, स्कील ल्याउन आवश्यक छ ।’ विभागकी सहसचिव मानन्धरले टेक्नोलोजीकल कोलाबरेसन नेपालका लागि राम्रो भएको बताइन् । यसले नेपाललाई आर्थिक रुपमा टेवा पुग्ने उनको भनाइ थियो ।
दाना उधोगका अध्यक्ष रविन पुरीले एसियाको विकसित देशको कम्पनीसँग प्राविधिक सम्झौता गर्नु खुसीको कुरा भएको बताए । ‘३९ वटा देशमा आफ्नो प्रडक्ट पठाइरहेको कम्पनीसँग प्राविधिक सम्झौता हुनु खुसीको कुरा हो,’ उनले भने, ‘यसले छिमेकी देशमा नेपालबाट निर्यात गर्न ढोका खोल्नेछ ।’
एप्पोनका अध्यक्ष महेश प्रधानले बाहिरका कम्पनीबाट टेक्नीकल कुरा सिक्न पाउने स्वर्ण अवसर भएको बताए । ‘बाहिरको कम्पनीबाट टेक्नीकल कुरा सिक्न पाउनु स्वर्ण अवसर हो,’ उनले भने । प्रधानले यस्ता सम्झौताका कारण टेक्नोलोजीसँगै लगानी र व्यापारजस्ता कुराहरु पनि सँगै नेपाल भित्रिने बताए । उनले ट्रेडबाट मात्रै देश चल्न नसक्ने भन्दैं अब उधोगमा ध्यान दिनुपर्ने समय आएको उल्लेख गरे ।
नेपाल फार्मेसी संघका अध्यक्ष प्रज्वल पाण्डेले यस्ता कुराले नेपाललाई धेरै अगाडि बढाउने धारणा राखे । ‘यस्ता कुराले नेपाललाई धेरै अगाडि बढाउँछ र समृद्ध बनाउँछ,’ उनले भने । नेपालमा धेरै सम्भावना रहेको बताउँदैं उनले अब क्वान्टीटीभन्दा क्वालिटीमा ध्यान दिनुपर्ने बेला आएको बताए ।
कान्तिपुर फर्मास्युटिकल्स ल्याबका अध्यक्ष बडालले केबीएनपी कोरियाजस्तो बहुराष्ट्रिय कम्पनीसँगको सहकार्य गौरवको विषय भएको बताउँदैं यसले नेपालमै अन्तर्राष्ट्रियस्तरको पशु औषधि उत्पादन गर्ने केपीएलको क्षमतालाई अभिवृद्धि गर्ने बताए । ‘यसले नेपाली पशु धनको स्वास्थ्य सुधारमा ठोस टेवा पुग्नेछ,’ उनले भने, ‘यो प्राविधिक सहकार्यले नेपालको पशु औषधि उत्पादनका क्षेत्रमा नयाँ आयाम थप्नेछ ।’
उनले यसले देशलाई यस क्षेत्रमा आत्मनिर्भर गराई निर्याततर्फत उन्मुख गराउने विश्वास व्यक्त गरे । केबीएनपी कोरियाका प्रेसिडेन्ट हानी स्वङगले केपीएलसँग सहकार्य गर्न आफूहरु खुसी र उत्साहित भएको बताए । ‘नेपालको पशु औषधि बजारमा प्रचुर सम्भावना देखेका छौं । हाम्रो प्राविधिक ज्ञान र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको गुणस्तरीय उत्पादन प्लान्ट तथा बजार व्यवस्थापन विशेषज्ञताको संयोजनले उत्कृष्ट नतिजा दिनेछ,’ उनले भने ।
काभ्रेको पाँचखाल—७ मा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याबले विभिन्न २६ वटा आहारपूरक उत्पादन गरिरहेको छ । कम्पनीले ७० वटा विभिन्न एलोपेथिक औषधिको बजारीकरण अनुज्ञापत्र र ४० वटा विभिन्न औषधिको उत्पादन अनुज्ञापत्र औषधि व्यवस्था विभागबाट लिएर काम गरिरहेको छ ।
ताजा अपडेट
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया