समाचार
आईआईएमएस २.० विधिवत् उद्घाटन : नेपालमा विश्वस्तरीय शिक्षाको सुरुवात
टेलर्स युनिभर्सिटी मलेसियासँगको सहकार्यमा नेपालको उच्च शिक्षालाई नयाँ उचाइ
काठमाडौं-भगवतीबहालस्थित आधुनिक र प्रगतिशील क्याम्पस आईआईएमएस २.० को भव्य उद्घाटन गर्दै आईआईएमएस कलेजले नेपालमा विश्वस्तरको उच्च शिक्षालाई नयाँ परिभाषा दिने ऐतिहासिक कदम चालेको छ। अन्तर्राष्ट्रिय साझेदारी, उद्भावनशीलता, तथा उद्योग–अभिमुख शिक्षण पद्धतिबाट व्यवस्थित क्याम्पसले नेपालमा उच्च शिक्षाको गुणस्तरलाई विश्व मापदण्डअनुसार विकास गर्ने लक्ष्य राखेको छ।
सन् २०१० मा स्थापना भएको आईआईएमएस कलेजले गुणस्तरीय, विश्वव्यापी मापदण्डअनुरूपका स्नातक कार्यक्रमहरू प्रदान गर्दै अग्रगामी शैक्षिक संस्थाको रूपमा विकास हुँदै आएको छ। टेलर्स युनिभर्सिटी—दक्षिणपूर्व एसियाका अग्रणी निजी विश्वविद्यालयमध्ये एक— क्युएस वर्ल्ड युनिभर्सिटी ¥यांकिङ मा २५३औँ स्थानमा रहेको तथा विश्वका शीर्ष १% विश्वविद्यालयमध्ये सूचीकृत प्रतिष्ठित संस्था हो। यसको AACSB मान्यता प्राप्त व्यवसाय कार्यक्रमले अन्तर्राष्ट्रियस्तरको उच्च-गुणस्तरीय शिक्षाप्रति यसको प्रतिबद्धता झल्काउँछ।
उद्घाटन समारोहमा टेलर्स युनिभर्सिटी, मलेशियाका वरिष्ठ नेतृत्व टोली तथा शैक्षिक नेतृत्व गर्ने व्यक्तिहरू, उद्योग प्रतिनिधि, विद्यार्थी तथा राष्ट्रिय सञ्चारमाध्यमको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो ।
कार्यक्रममा टेलर्स युनिभर्सिटीका उपकुलपति तथा अध्यक्ष प्रा. वारी वीन, एमएस. एनजी (एन्गी) सोक पिङलगायतको उपस्थिती रहेको थियो । अतिथिहरूले स्मार्ट कक्षा, अत्याधुनिक प्रयोगशाला, विद्यार्थी–केन्द्रित शिक्षण क्षेत्र, आधुनिक पूर्वाधार तथा अन्तर्राष्ट्रियस्तरका सिकाइ–सुविधाहरूको अवलोकन गरे।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आईआईएमएस समूहका मुख्य कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्ष सबिन्द्र महर्जनले भने, ‘आईआईएमएस २.० केवल एउटा भवन होइन, यो नेपालको भविष्यप्रति गरिएको प्रतिबद्धता हो। हामी नेपालमै विश्वस्तरीय शैक्षिक वातावरण सिर्जना गर्दैछौँ—जहाँ विद्यार्थीहरूले विदेश नजानै विश्व–स्तरीय शिक्षा प्राप्त गर्न सक्छन्।’
टेलर्स युनिभर्सिटीका भाइस–च्यान्सलर प्राध्यापक. बेरीले भने, ‘आज अन्तर्राष्ट्रिय शिक्षामा एउटा महत्वपूर्ण माइलस्टोन स्थापित भएको दिन हो। टेलर्स युनिभर्सिटीमा हामी भौगोलिक सीमाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा उपलब्ध गराउन विश्वास गर्छौ। आईआईएमएस सँगको यो सहकार्यले नेपालका भावी विश्व–नागरिकहरूलाई सशक्त बनाउन हाम्रो साझा प्रतिवद्धतालाई अझ मजबुत बनाएको छ।’
आईआईएमएस कलेजले आफ्नो शैक्षिक उत्कृष्टतालाई नेतृत्व विकास, उद्यमशीलता, उद्योग–सम्पर्क, खेलकुद, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूजस्ता सह–पाठ्यक्रमीय कार्यक्रमहरूको माध्यमबाट थप मजबुत बनाउँदै आएको छ। रिबन–कटिङ, क्याम्पस भ्रमण र सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न आईआईएमएस २.० को शुभारम्भले नेपालमा उच्च शिक्षाको नयाँ अध्यायको सुरुवात गरेको छ। स्मार्ट कक्षा, डिजिटल शिक्षण क्षेत्र, अत्याधुनिक प्रयोगशाला, नवप्रवर्तन केन्द्र, आतिथ्य प्रशिक्षण सुविधा, विद्यार्थी सहकार्य क्षेत्र, रूफटप लर्निङ टेरस, साथै टैलर क्याफे र आरन्या बुटिक होटल जस्ता अनुभूति–आधारित सिकाइ क्षेत्रसमेत समावेश आधुनिक क्याम्पसमार्फत आईआईएमएस दक्षिण एसियामा अन्तर्राष्ट्रिय शिक्षाको अग्रणी केन्द्रका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य राख्दछ।
ताजा अपडेट
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया