समाचार
आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दीक्षित
काठमाडौं—इन्स्टिच्युट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दीक्षित गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दीक्षित गरिएको हो ।
एक कार्यक्रममाझ प्रमुख अतिथी कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले दीक्षित गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यवाहक महालेखा परीक्षक काफ्लेले दीक्षान्त समारोहमा दीक्षित भएका विद्याथीहरुलाई बधाई दिए । उनले दीक्षित विद्यार्थीहरुको प्रशंसा गर्दै लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाल थप दक्ष जनशक्ति हासिल गरेको बताए । ‘तपाईंहरु प्रोफेसनल अडिटर भइसक्नुभयो,’ उनले भने ‘अडिड गर्ने काम सबैभन्दा कठिन काम हुँदा पनि तपाईंहरु लाग्नुभएको छ, यो खुसीको कुरा हो।’
दीक्षित विद्यार्थीहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष सि.ए. सुजन कुमार काफ्ले यो कोर्ष कस्ट एनालाइसिस गर्न भूमिका खेल्न सहयोग गर्ने बताए । उनले भने, ‘यो कोर्षका कारण लेखा तथा व्यवस्थापन क्षेत्रमा तपाईंहरु नयाँ स्टक होल्डरको रुपमा उदाउनु भएको छ।’
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाली दाजुभाइलाई थप दक्ष बनाउन आईसीएमए अस्ट्रेलियालाई महत्वपूर्ण भूमिका खेलेको बताए ।
नेपालका लागि आईसीएमए अस्ट्रेलियाका क्षेत्रीय निर्देशक कुमारप्रसाद खतिवडाले विश्वव्यापी रुपमा अभ्यास भइरहेको लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन नेपालमा समेत भित्र्याउन सक्नु निकै गौरवको कुरा भएको बताए ।
त्यस्तै दीक्षित भएकी विद्यार्थी प्रमिला थापाले आईसीएमए अस्ट्रेलियाले लेखा तथा व्यवस्थापन क्षेत्रमा हामीलाई थप दक्ष बनाउन सहयोग गरेको बताइन् ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया