समाचार
आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दीक्षित

काठमाडौं—इन्स्टिच्युट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दीक्षित गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दीक्षित गरिएको हो ।
एक कार्यक्रममाझ प्रमुख अतिथी कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले दीक्षित गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यवाहक महालेखा परीक्षक काफ्लेले दीक्षान्त समारोहमा दीक्षित भएका विद्याथीहरुलाई बधाई दिए । उनले दीक्षित विद्यार्थीहरुको प्रशंसा गर्दै लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाल थप दक्ष जनशक्ति हासिल गरेको बताए । ‘तपाईंहरु प्रोफेसनल अडिटर भइसक्नुभयो,’ उनले भने ‘अडिड गर्ने काम सबैभन्दा कठिन काम हुँदा पनि तपाईंहरु लाग्नुभएको छ, यो खुसीको कुरा हो।’
दीक्षित विद्यार्थीहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष सि.ए. सुजन कुमार काफ्ले यो कोर्ष कस्ट एनालाइसिस गर्न भूमिका खेल्न सहयोग गर्ने बताए । उनले भने, ‘यो कोर्षका कारण लेखा तथा व्यवस्थापन क्षेत्रमा तपाईंहरु नयाँ स्टक होल्डरको रुपमा उदाउनु भएको छ।’
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाली दाजुभाइलाई थप दक्ष बनाउन आईसीएमए अस्ट्रेलियालाई महत्वपूर्ण भूमिका खेलेको बताए ।
नेपालका लागि आईसीएमए अस्ट्रेलियाका क्षेत्रीय निर्देशक कुमारप्रसाद खतिवडाले विश्वव्यापी रुपमा अभ्यास भइरहेको लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन नेपालमा समेत भित्र्याउन सक्नु निकै गौरवको कुरा भएको बताए ।
त्यस्तै दीक्षित भएकी विद्यार्थी प्रमिला थापाले आईसीएमए अस्ट्रेलियाले लेखा तथा व्यवस्थापन क्षेत्रमा हामीलाई थप दक्ष बनाउन सहयोग गरेको बताइन् ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया