समाचार
१० नेपाली विद्यार्थीले कोभेन्ट्री युनिभर्सिटीमा बेलायती शिक्षाको अनुभव लिए
काठमाडौं—सफ्टवरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले हरेक वर्ष कोभेन्ट्री युनिभर्सिटीसँगको सहकार्यमा कोभेन्ट्री इमर्सन कार्यक्रम आयोजना गर्दै आएको छ । सोही कार्यक्रममा यस वर्ष १० जना नेपाली विद्यार्थीहरुले भाग लिने अवसर पाएका थिए ।
यस वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्व–स्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको थियो । सो क्रममा विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गरेर त्यहाँको कक्षाहरूमा संलग्न भए । साथै, उनीहरुले विभिन्न गतिविधिमा भाग लिने मौका पाएका थिए ।
कार्यक्रममा सफ्टवरिका कलेजको व्यवस्थापन टोलीको पनि सक्रिय सहभागिता थियो । व्यवस्थापन टोलीकाअनुसार यसले कार्यक्रमको गुणस्तर र विद्यार्थीप्रति कलेजको प्रतिवद्धतालाई देखाउँछ ।
भ्रमणको क्रममा विद्यार्थीहरूले समृद्ध सांस्कृतिक विविधता हेर्ने र विभिन्न आकर्षक पर्यटकीय ठाँउहरु लन्डनको रोचक सहरहरु र स्कटल्याण्डको प्राकृतिक सौन्दर्यले भरिएको स्थानहरु घुम्ने मौका पाएका थिए ।
सफ्टवरिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलले आफ्ना विद्यार्थीहरूलाई यस्तो विश्वव्यापी प्रदर्शन दिने कार्यक्रम उनीहरुको वुद्धि विकासको लागि निकै महत्वपूर्ण रहेको र आकर्षक र मनमोहक कार्यक्रममा सहभागी लिएको विद्यार्थीहरू प्रतिभाशाली मात्र नभएर प्रस्तुतीकरण सीप र पारस्परिक सिकाइ सीप भएको कुरामा जोड दिए ।
‘सफ्टवारिका कलेज अब आउने सालहरुमा पनि यस्ता विश्वव्यापी कार्यक्रम आयोजना गरिरहने छ,’ उनले भने, ‘जसले सफ्टवरिका कलेजको विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्नेछ ।’
कलेजका अनुसार उनीहरूले भ्रमणको समयमा विद्यार्थीहरूलाई हवाई भाडा र आवास खर्च उपलब्ध गराएका थिए ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया