समाचार
सेन्ट लरेन्सलाई ‘कलेज अफ दि इयर’ एवार्ड

काठमाडौं—सेन्ट लरेन्स कलेजले ‘कलेज अफ दि इएर’को एवार्ड हात पारेको छ । मंगलबार शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको १८औँ नेशनल एजुकेसन एवार्ड समारोहमा सेन्ट लरेन्स कलेजले ‘कलेज अफ दि इएर’को एवार्ड पाएको हो ।
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले श्रेष्ठ लरेन्सका अध्यक्ष केशव दंगाललाई उक्त एवार्ड हस्तान्तरण गरेका थिए । एवार्ड हस्तान्तरणपछि मन्त्री श्रेष्ठले शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाको पूर्वाधार विकासका लागि सरकारले लगनी बढाउनुपर्ने बताए ।
उक्त एवार्ड समारोहमा शिक्षा क्षेत्रका योगदान गरेका, समाजसेवी, विज्ञ, विद्यालय संचालक, कर्मचारीलगायतलाई समेत विभिन्न एवार्डबाट सम्मान गरिएको थियो ।
एवार्ड छनोटका लागि शिक्षा सेवाका उपसचिव गेहनाथ गौतम, शिक्षा पत्रकार प्रकाश सिलवाल, अभियन्ता विके श्रेष्ठ रहेको निर्णायक समिति र शिक्षाकर्मीहरू दिपीका थापा र रामहरि सिलवाल रहेको स्रोत व्यक्ति समूह गठन बनाइएको थियो ।
चाबहिलस्थित सेन्ट लरेन्स कलेज पछिल्लो समय नेपालका उत्कृष्ट कलेजहरुमा समेत पर्दै आएको छ । कलेजले उत्कृष्ट व्यवस्थापनमा विज्ञान, व्यवस्थापन, मानविकीलगायतका विधामा अध्यापन गराउँदैं आएको छ ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया