Techie IT
  • शनिबार, साउन १२, २०८१ / Saturday, July 27, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजकाठमाडौंकै इमर्जिङ कलेज मनास्लु…

काठमाडौंकै इमर्जिङ कलेज मनास्लु…


‘अ होम फर फ्युचर लिडर्स…’ काठमाडौंको चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजको मूल मन्त्र यही हो । वि.सं. २०७७ सालमा स्थापना भएको कलेजले यही मन्त्रलाई उद्देश्य बनाउँदैं हजारौं विद्यार्थीलाई शिक्षाको उज्यालो मात्रै दिइरहेको छैन्, उनीहरुलाई भविष्यको लिडरका रुपमा उभिन सक्ने क्षमता पनि विकास गरिरहेको छ ।

डेढ दशक लामो शैक्षिक अनुभव बटुलेका कुशल व्यवस्थापक, आकर्षक भौतिक पूर्वाधार, अनुभवी शिक्षक/शिक्षिका, अब्बल नतिजा, अतिरिक्त क्रियाकलापमा जोडले नै मनास्लुलाई कलेजहरुको भिडमाझ विशिष्ट बनाएको छ । यी र यस्तै कारणले पछिल्लो समय देशभरकै विद्यार्थीहरुको रोजाइमा मनास्लु पर्न थालेको छ ।

छोटो समयमा मनास्लुकै उचाइमा पुगेको कलेजले सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । नेपाली शैक्षिक जगतमा परम्परागत ढंगबाट चलेको शिक्षण सिकाइ प्रणालीलाई परिवर्तन गर्ने उद्धेश्य बोकेर हिँडेको मनास्लुले स्थापनाको दुई वर्षमै आफूलाई प्रमाणित गरिसकेको छ ।

प्रतिस्पर्धात्मक विश्वबजारमा सक्षम जनशक्ति उत्पादन गर्ने ध्याउन्नमा रहेको मनास्लुले विद्यार्थीलाई पढाइका अलावा व्यवहारिक सिकाइ र अतिरिक्त क्रियाकलापमा समेत सामेल गराउँदै उनीहरुमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउँदै आएको छ । ‘हामी विद्यार्थीलाई पढाइमा मात्र फोकस गर्दैनौँ,’ कलेजका अध्यक्ष गेन्द्र लामा भन्छन्, ‘यदि कुनै विद्यार्थी पढाइमा कमजोर छ । तर, उसमा रहेको प्रतिभा बेजोड छ भने हामी उसको क्षमतालाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँछौँ ।’

फलोअर्स होइन लिडर्स बनाउने संकल्प

मनास्लुको अर्को संकल्प छ– फ्लोअर्स होइन लिडर्स । हो, मनास्लु फलोअर्सभन्दा पनि लिडर्स जन्माउन उद्धत छ । ‘हामी चाहन्छौँ मनास्लुमा पढेका विद्यार्थीले हरेक क्षेत्रलाई कुशल नेतृत्व प्रदान गर्न सकुन्,’ लामा भन्दै थिए, ‘हामी विद्यार्थीलाई कसरी नेतृत्व गर्ने भन्ने कुरा कक्षाकोठाबाटै सिकाउँछाँै जसले उनीहरुमा आत्मविश्वास उजागर गरी भोलिका दिन जुनसुकै क्षेत्रमा गएपनि नेतृत्व लिन सक्षम बनाओस् ।’

उनी अगाडि थप्छन्, ‘पढाइ त चाहिन्छ तर कसैलाई राम्रो फुटबल, बाँस्केटबल, भलिबल खेल्न आउला कसैलाई राम्रो नाच्न गाउन आउला उसको त्यो अब्बल पाटो हो । त्यसैले त्यो अब्बलतालाई अझै उत्कृष्ट बनाउन मनास्लुले पुलको काम गरिदिन्छ । अनि तिनै विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गरी त्यो क्षेत्रको नेतृत्व गरोस् भन्ने हाम्रो चाहना हो ।’

मध्यम वर्गीय परिवारका विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य

पछिल्लो समय नेपालमा उच्च शिक्षाका नाममा मनपरी शुल्क लिने ट्रेण्ड नै बसेको छ । यद्यपि, मनास्लुले भने मध्यम वर्गीय परिवारका विद्यार्थीलाई पनि सहुलियत शुल्कमा अध्यापन गराइरहेको छ । ‘हामी सबै प्रकारका विद्यार्थी भर्ना लिन्छौँ । कतिपयले एसईईमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई भर्ना गरेर अब्बल नतिजा ल्याएको देखाउँछन्, हामी त्यो दौडमा छैनौँ,’ गेन्द्र भन्छन्, ‘हामी कमजोर विद्यार्थीलाई पनि भर्ना गर्छौं उसको कमजोरीलाई पहिचान गरेर उसलाई विशेष निगरानी गरी अध्यापन गराउँछौँ ।’

तिनै कमजोर विद्यार्थी जब उत्कृष्ट नतिजा ल्याउन सक्ने हुन्छन् । त्यतिबेलामात्र मनास्लु सफल भएको ठहरिने उनी बताउँछन् । ‘राम्रा विद्यार्थीको पढाइ आफैंमा राम्रो हुन्छ । उनीहरुलाई शिक्षकले पनि धेरै मेहेनत गर्नुपर्दैन,’ लामा भन्छन्, ‘जो शिक्षकले कमजोर विद्यार्थीलाई पनि राम्रो बनाउँछन् त्यो सफल शिक्षक हो ।’ त्यसैले मनास्लुले सुरुवाती दिनदेखि नै विद्यार्थीको क्षमता जाँच गरी सोहीअनुसारको निगरानी गर्दै आएको छ ।
मनास्लुको शुल्क पनि अधिकांश विद्यार्थी र अभिभावकको लागि भार नपर्ने खालको छ । त्यसमा मनास्लु नै पढ्न चाहने विद्यार्थीलाई शुल्क तिर्न नसकेको आधारमा पढ्नबाट वञ्चित गराउने अवस्था अहिलेसम्म नरहेको लामाको भनाइ छ ।

एमबीबीएस, इन्जिनियरिङका परीक्षामा पनि उत्कृष्ट नतिजा

मनास्लुमा अध्ययन गरेका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा मात्र होइन एमबीबीएस र इन्जिनियरिङको प्रवेश परीक्षामा समेत अब्बल नतिजा प्राप्त गर्दै आएका छन् । सन् २०२१ र २०२२ मा विज्ञान बिषयबाट कक्षा १२ उत्तीर्ण लक्ष्मी लामा र नैना श्रेष्ठले एमबीबीएसमा पूर्ण छात्रवृत्ति पाएका छन् । त्यस्तै, साइन्स पढेका सजिन तामाङले भारतीय दूतावासमार्फत बिई/बिटेकका लागि शतप्रतिशत छात्रवृत्ति पाएका छन् ।

त्यस्तै भर्खर म्यानेजमेन्टबाट कक्षा १२ पास गरेकी आकृति लिम्बुले ‘अमेरिकी सरकारले प्रदान गर्ने अपर्चुनिटी फण्ड ग्रान्ट २०२४ मा छनोट भएकी छिन् । अमेरिकाका विभिन्न विश्वविद्यालयमा ब्याचलर पढ्नका लागि यस कार्यक्रमअन्तर्गत विभिन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । सोही आधारमा लिम्बु छनोटमा परेको अध्यक्ष गेन्द्र बताउँछन् । ‘हामी कक्षा ११ र १२ को पढाईमा मात्र होइन, विद्यार्थीको त्यसपछिको लक्ष्यसँग पनि सँगसँगै हुन्छौँ,’ उनले भने, ‘विद्यार्थीको मेहेनत र हाम्रो हौसलाकै कारणले गर्दा हाम्रा विद्यार्थीले हरेक क्षेत्रमा आफूलाई स्थापित गर्दै आएका छन् ।’

उत्कृष्ट भौतिक संरचना, अत्याधुनिक प्रयोगशाला

मनास्लु कलेजमा प्रवेश गर्ने बित्तिकै धेरैजसो विद्यार्थीलाई यसको भौतिक संरचनाले नै आकर्षण गर्छ । अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना यस मनास्लुको अर्को विशेषता हो । कक्षाकोठालाई पनि अत्याधुनिक बनाइएको छ । हरेक कक्षाकोठामा एसी, प्रोजेक्टर छन् भने कलेजको आफ्नै होस्टेल पनि छ । स्कुल कलेजका विद्यार्थीहरू कलेजकै होस्टेलमा बसेर पढ्न सक्छन् ।

यसैगरी, प्रयोगात्मक विषयको अभ्यासका लागि पनि गुणस्तरीय प्रयोगशाला रहेको छ । जहाँ विशेषगरी विज्ञान संकायका विद्यार्थीले त्यसको भरपुर उपयोग गर्न सक्छन् ।

विज्ञान, व्यवस्थापन, कानुन र मानविकीका विषय पढाउने मनास्लुले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै आएको छ । कलेजले साप्ताहिक रुपमा गर्ने विभिन्न खेलकुद कार्यक्रम होस् या विभिन्न प्रतिस्र्धात्मक प्रतियोगितामा विद्यार्थीको उल्लेख्य सहभागिता जनाउने गरेका छन् । यसैगरी, कलेजमा गठन भएका विभिन्न क्लबले गर्ने कार्यक्रममा विद्यार्थीको प्रत्यक्ष सहभागिता रहन्छ ।

जसले गर्दा विद्यार्थीमा नेतृत्वकलाको विकास गर्न निकै सहयोग पु¥याउने गरेको गेन्द्र बताउँछन् । ‘हामीले थुप्रै कार्यक्रम विद्यार्थीलाई नै आयोजना गर्न जिम्मा दिन्छौँ,’ उनले भने, ‘जसले गर्दा विद्यार्थीको उल्लेख्य सहभागिता हुन्छ र उनीहरुले टीमवर्कमा कसरी काम गर्ने भन्ने कुरा पनि सिक्छन् ।’

यसैगरी कोही विद्यार्थीमा कला छ भने त्यो कलालाई उजागर गरी त्यही कलाले जीवन धान्न सक्ने सामर्थ्य बनाउन मनास्लुले सहयोग गर्ने गरेको छ । ‘कतिपय विद्यार्थी पढाईमा एभरेज छ तर अन्य कुरामा अब्बल छ भने हामी त्यस्ता विद्यार्थीलाई उसको क्षमता अभिवृद्धि गर्छौँ,’ उनले भने, ‘विद्यार्थीको प्रतिभामा निखारता ल्याउन हामीले सहयोग गछौँ ताकि त्यही कला बेचेर उसले भविष्यमा आफ्नो जिन्दगी चलाओस् ।’

मनास्लु टिम अफ इन्टरप्रिनर नामक कर्पोरेट हाउसद्धारा सञ्चालित चावहिल क्षेत्रको एक मात्र आईएसओ सर्टिफाइड कलेज हो । मनास्लु टिम अफ इन्टरप्रिनर नामक कर्पोरेट हाउस जुन कर्पोरेट हाउसद्वारा सञ्चालित यो कलेज माथिका यी र यस्तै विशेषताले अब्बल बन्दै आएको छ । मनास्लु जन्माएको कर्पोरेट हाउसले नेपालका सातै प्रदेशमा विभिन्न क्षेत्रहरुमा लगानी गर्ने योजना बनाएको छ र आगामी दश वर्षमा पाँच हजारभन्दा बढी युवालाई रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट