किंङ्स कलेज र नामीले एआईसम्बन्धी शैक्षिक कार्यक्रम संचालन गर्ने
एआईसम्बन्धी दिर्घकालीन अध्यापन संचालन गर्नको लागि हातेमालोको घोषणा

काठमाडौं—उद्यमशीलता शिक्षामा अग्रणी काठमाडौंस्थित किंङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्च (नामी) ले नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी औपचारिक शैक्षिक पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।
पछिल्लो समय सूचना प्रविधीको अध्ययन–अध्यापनलाई प्राथमिकता दिएको किंङ्स कलेज र बैज्ञानिक अनुसन्धान केन्द्र, नामीले आज एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै नै ६ महिने परिक्षणात्मक तालिम कक्षा संचालन गर्ने जनाएका हुन् । भने यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी विशिष्ठ तथा एकिकृत पाठ्यक्रमको विकास गरी स्नातक तथा स्नातकोत्तर तहको शिक्षण कार्यक्रम संचालन गर्ने बताइएको छ ।
ब्यक्ति तथा संस्थाहरुको विशिष्टकृत आवश्यकता परिपूर्ती गर्नको लागि आवश्यक उच्च गुणस्तरीय कार्यक्रमको डिजाइन गरी वितरण गर्नको लागि किंङ्स कलेज र नामीले हातेमालो गरेका हुन् ।
सुरुवाती चरणमा सूचना प्रविधी तथा इञ्जिनियरिङ्ग विधामा काम गरिरहेकाहरुलाई लक्षित गरेता पनि पछि विधार्थी तथा आर्टिफिसियल इन्टिलीजेन्स् क्षेत्रमा रुची राख्ने जोकसैले पनि यस शिक्षण कार्यक्रममा सहभागी हुन पाउने कलेजले जानकारी दिएको छ । तथापी यस कार्यक्रममा सहभागी हुन चाहनेहरुले पाइथन प्रोग्रामिङ्ग चलाउन जानेको हुनुपर्नेछ ।
‘शिक्षाले मानिसलाई बर्तमान समस्याको समाधान गर्न र समयअनुसार विभिन्न परिस्थितीको सामना गर्न सक्षम गराउनुका साथसाथै समयसान्दर्भिक शिप तथा सामथ्र्यको विकासमा सघाउनुपर्दछ भन्ने हाम्रोे सोच रहेको छ,’ कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल भन्छन्, ‘पछिल्लो समय विश्वमै मुलधार प्रबृत्तीको रुपमा विकास भैरहेको आर्टिफिसियल इन्टिलीजेन्स्को क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उदेश्यको साथ नामीसँग साझेदारी गरिएको हो ।’
कलेजले शिक्षालाई परम्परागत चारकोठे सिकाइ प्रणालीको रुपमा मात्र सिमित नराखी आधुनिक समाजमा देखापरिरहेको चुनौतीको सम्बोधन गर्न, नयाँ अवसरहरुबाट लाभ लिन र आधुनिक चालचलन तथा प्रबृत्तीहरुलाई अंगीकार गरी समाज तथा राष्ट्रको विकासमा टेवा पु¥याउन सक्षम नागरिकको श्रृजना गर्न विभिन्न पहल तथा परियोजनाहरु संचालन गरिरहेको अर्यालले जानकारी दिए ।
‘आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी हामीले संचालन गर्न लागेको शिक्षण कार्यक्रम सोही परियोजनाहरुमध्येको एक हो जसबाट हासिल ज्ञानले नेपालमा पनि विभिन्न जटिल क्रियाकलापहरु सहजताका साथ सम्पन्न गराउन सकिने एवं आर्थिक क्षेत्रमा चलायमानता ल्याउन सकिने मैले विश्वास लिएको छु,’ उनी थप्छन् ।
यसका साथै विद्यार्थीहरुले आर्टिफिसियल इन्टिलीजेन्स्को क्षेत्रमा रोजगारीका साथसाथै ब्यवसायमा पनि सफलता हासिल गर्न सकुन् भन्ने यस कार्यक्रमको अभिप्राय रहेको छ ।
विश्वब्यापी क्षेत्रमा आर्टिफिसियल इन्टेलीजेन्स्को तीब्र विकास भैरहेको परिप्रेक्षमा नेपालमा पनि यस क्षेत्रप्रति आममानिसको चासो र रुची बढिरहेको यथार्थलाई ध्यानमा राखी यस विषयबारे प्राज्ञिक शिक्षा प्रदान गरी आवश्यक जनशक्ति तयार गर्ने उदेश्यका साथ शैक्षिक कार्यक्रम संचालन गर्न लागिएको नामीका सह—संस्थापक तथा निर्देशक डा. विशेष खनालले जानकारी दिए ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया