समाचार
१० नेपाली विद्यार्थीले कोभेन्ट्री युनिभर्सिटीमा बेलायती शिक्षाको अनुभव लिए

काठमाडौं—सफ्टवरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले हरेक वर्ष कोभेन्ट्री युनिभर्सिटीसँगको सहकार्यमा कोभेन्ट्री इमर्सन कार्यक्रम आयोजना गर्दै आएको छ । सोही कार्यक्रममा यस वर्ष १० जना नेपाली विद्यार्थीहरुले भाग लिने अवसर पाएका थिए ।
यस वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्व–स्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको थियो । सो क्रममा विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गरेर त्यहाँको कक्षाहरूमा संलग्न भए । साथै, उनीहरुले विभिन्न गतिविधिमा भाग लिने मौका पाएका थिए ।
कार्यक्रममा सफ्टवरिका कलेजको व्यवस्थापन टोलीको पनि सक्रिय सहभागिता थियो । व्यवस्थापन टोलीकाअनुसार यसले कार्यक्रमको गुणस्तर र विद्यार्थीप्रति कलेजको प्रतिवद्धतालाई देखाउँछ ।
भ्रमणको क्रममा विद्यार्थीहरूले समृद्ध सांस्कृतिक विविधता हेर्ने र विभिन्न आकर्षक पर्यटकीय ठाँउहरु लन्डनको रोचक सहरहरु र स्कटल्याण्डको प्राकृतिक सौन्दर्यले भरिएको स्थानहरु घुम्ने मौका पाएका थिए ।
सफ्टवरिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलले आफ्ना विद्यार्थीहरूलाई यस्तो विश्वव्यापी प्रदर्शन दिने कार्यक्रम उनीहरुको वुद्धि विकासको लागि निकै महत्वपूर्ण रहेको र आकर्षक र मनमोहक कार्यक्रममा सहभागी लिएको विद्यार्थीहरू प्रतिभाशाली मात्र नभएर प्रस्तुतीकरण सीप र पारस्परिक सिकाइ सीप भएको कुरामा जोड दिए ।
‘सफ्टवारिका कलेज अब आउने सालहरुमा पनि यस्ता विश्वव्यापी कार्यक्रम आयोजना गरिरहने छ,’ उनले भने, ‘जसले सफ्टवरिका कलेजको विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्नेछ ।’
कलेजका अनुसार उनीहरूले भ्रमणको समयमा विद्यार्थीहरूलाई हवाई भाडा र आवास खर्च उपलब्ध गराएका थिए ।
ताजा अपडेट
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया