काठमाडौंको मुटु बागबजारमा अवस्थित काठमाडौं मोडल कलेजमा यतिबेला कक्षा ११ मा विद्यार्थी भर्नाको चाप छ । विश्वभर फैलिरहेको कोरोना महामारीका कारण नेपालका शैक्षिक संस्थाहरु धरासयीमात्र बनेनन् कतिपय निजी शैक्षिक संस्थाहरु बन्द हुने अवस्थामा पुगेका छन् । तर, काठमाडौं मोडल कलेज, बागबजारमा भने कोरोना महामारीको बीचमै पनि विद्यार्थी भर्ना विगतको जस्तै छ ।
यसवर्ष विगतको तुलनामा एसईई परीक्षाको नतिजा फरक ढंगले तयार भयो । स्वयंम विद्यालयले नै विद्यार्थीको आन्तरिक मूल्यांकनको आधारमा नतिजा तयार पारेको हुनाले राम्रा विद्यार्थी छनोट गर्न साच्चै निजी कलेजहरुलाई कठिन परेको छ । आखिर यो विषम परिस्थितीमा पनि केएमसीले कसरी विद्यार्थी भर्ना लिइरहेको छ ? काठमाडौं मोडल सेकेन्डरी स्कुलका प्रिन्सिपल डा. नगेन्द्र अर्याल भन्छन्, ‘पहिलो त हामीले अनलाइनमार्फत प्रवेश परीक्षा लिएका छौं । साथै एसईईको जीपीए र सेन्ट अप परीक्षा दिएका विद्यार्थीहरुको सेन्ट अप परीक्षाबाट प्राप्त जीपीए र सेन्ट अप परीक्षा नभएकाहरुलाई प्रवेश परीक्षाको आधारमा छनोट गरिरहेका छौं ।’
सन् २००२ मा स्थापना भएको यस स्कुलले विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा विद्यार्थी भर्ना लिइरहेको छ । जसका लागि १० हजारभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षाका लागि फर्म भरेका थिए । तीमध्ये योग्य २ हजार विद्यार्थीमात्र भर्ना लिइने कलेजले जनाएको छ । जसका लागि विज्ञान संकायमा १ हजार ६ सय, व्यवस्थापन संकायमा ४ सय, कानुनमा ४० र मानविकी संकायमा ४० जना विद्यार्थीलाई भर्ना लिइदैछ ।
स्कुलले विगतको तुलनामा परिस्थितीलाई मध्यनजर गर्दै भर्ना शुल्कमा केही परिमार्जन गरेको छ । विज्ञान संकायमा भर्ना हुने विद्यार्थीले ५७ हजार ५ सय र अन्य संकायका विद्यार्थीले ४२ हजार ५ सय शुल्क तिर्नुपर्नेछ । यस्तै, विज्ञान संकायमा अध्ययन गर्ने विद्यार्थीले मासिक शुल्क ७ हजार ४ सय छ भने अन्य संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि ५ हजार ५ सय शुल्क निर्धारण गरिएको छ । केएमसीले यतिबेला अनलाइन बैंकिङमार्फत विद्यार्थी भर्ना लिइरहेको छ ।
कक्षा ११ र १२ का परीक्षाको नतिजामा विगत केही वर्ष यता टप ५ भित्र परेको यो स्कुल देशभरका विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्दै आएको छ । यही रोजाइ र वर्षेनी सर्वोत्कृष्ट नतिजाका कारण ०७४ मा शिक्षा मन्त्रालयले सर्वोत्कृष्ट उच्च माविका रुपमा पुरस्कृत गरेको थियो । त्यसो त यहाँ कोभिड–१९ महामारीको बीचमा पनि विद्यार्थी भर्ना चाप निकै बढिरहेको छ, किन ? डा. अर्याल भन्छन्, ‘पहिलो कारण त यहाँको अनुशासित वातावरणमा प्रदान गरिने गुणस्तरीय शिक्षा नै हो । अर्को कुरा, यस स्कुलबाट कक्षा १२ उत्तीर्ण गरे पश्चात निकै प्रतिस्पर्धा हुने एमबीबीएस, बीई, सिए फाउन्डेसन लगायतका प्रवेश परीक्षामा उच्चतम अंकसहित केएमसीका धेरै विद्यार्थीले नाम निकाल्न सफल हुन्छन् । जसका लागि स्कुलले एमबीबीएस, बीई, सिए फाउन्डेसनलगायतका प्रवेश परीक्षाका तयारी कक्षाहरु बिना शुल्क सञ्चालन गर्दै आएको छ ।
यसैगरी, अनुभवी र मिहिनेती शिक्षक, विश्व स्तरीय भवन, ल्याव, कक्षाकोठा, पुस्तकालय, क्यान्टिन, खेल मैदान विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने अर्को विशेषता हुन् । यिनै विशेषताले गर्दा नै काठमाडौं मोडल सेकेन्डरी स्कुललाई अब्बल बनाएको प्रिन्सिपल डा. अर्याल बताउँछन् । ‘सक्षम व्यवस्थापकीय पक्ष, समय सान्दर्भिक भौतिक पूर्वाधार एवं शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि मल्टीमिडिया प्रणाली प्रयोग गरिएको छ,’ उनले भने, ‘विद्यार्थीको समस्याको पहिचान तथा समाधान गर्नमा सहयोग गर्ने तथा उनीहरुको रुचीलाई ध्यान दिँदै आवश्यकता अनुसार तयारी कक्षाहरुको व्यवस्था गराउनु नै हाम्रो सफलताको रहस्य हो ।’
-एडभोटोरियल
ताजा अपडेट
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
- नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा आमाको मुख हेर्ने दिनमा स्वास्थ्य सेवामा विशेष छुट
- एसइईपछि नतिजा पर्खिरहेका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ सुरु गर्दै मन्त्रालय
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन
- रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर
- स्वावलम्बन लघुवित्तद्वारा आरुवारीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया