बंगलादेशबाट १७ जना विद्यार्थी नेपाल आइपुगे, अरुको अवस्था के छ ?
काठमाडौं- बंगलादेशमा प्रर्दशन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका थप १७ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार १७ जना विद्यार्थी बिहान ११ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।
ढाकामा रहेका ती विद्यार्थीहरु बिमान बंगलादेशको जहाजमार्फत नेपाल आइपुगेको प्रवक्ता राईले जानकारी दिए । राईका अनुसार हालसम्म ८ सयजना भन्दा बढी विद्यार्थी नेपाल आइपुगेका छन् । ‘अहिले ढाकामा रहनुभएका सम्पूर्ण नेपाली विद्यार्थीहरु सुरक्षित हुनुहुन्छ,’ उनले भने, ‘यदि कसैलाई समस्या परेको छ भने दुतावासमा सम्पर्क गरेर सहयोग लिन आग्रह गर्दछौँ ।’
बंगलादेशमा एक सातायता सरकारी सेवामा विशेष आरक्षणको विरोधमा हिंसात्मक आन्दोलन चर्किरहेको छ । उसो त हवाईमार्ग र स्थलमार्ग हुँदै नेपाली विद्यार्थीहरु नेपाल फर्किरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘भातर हुँदै आउन चाहने विद्यार्थीका लागि सहजिकरण गरिदिन भारत सरकारलाई समेत आग्रह गरिसकेका छौँ,’ उनले भने, ‘बंगलादेशमा रहेका विद्यार्थी भारतको मेघालयलगायत सीमावर्ती राज्य हुँदै फर्किरहनुभएको छ ।’
राईका अनुसार नेपालबाट तीन हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनका लागि बंगलादेशमा गएका छन् ।
ताजा अपडेट
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया