काठमाडौं महानगरद्वारा छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं– काठमाडौं महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि लिएको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत साउन ४ गते लिइएको परीक्षाको नतिजा महानगरले सोमबार सार्वजनिक गरेको हो ।
गत वर्षबाट महानगरले परीक्षामार्फत विद्यार्थीलाई कक्षा ११ मा छात्रवृत्ति दिन थालेको थियो । त्यसैलाई यसपाली पनि निरन्तरता दिइएको महानगर प्रमुख बालेन साह बताउँछन् ।
महानगरले नतिजा प्रकाशनका क्रममा विभिन्न मापदण्डसमेत बनाएको छ । परीक्षामा उच्च्तम अंक ल्याउनेलाई सबैभन्दा पहिलो योग्यताक्रमअनुसार र बराबर अंक ल्याउनेलाई एसईईको जीपीएको आधारमा छात्रवृत्ति उपलब्ध गराइएको महानगर प्रमुख साहले जानकारी दिए । यसैगरी, विषयगत रुपमा गणित, विज्ञान, अंग्रेजी र सामान्य ज्ञानमा प्राप्त गरेको अंक र सो पनि बराबर भएमा उमेरका आधारमा कनिष्टलाई योग्यताक्रममा अघि राख्ने निर्णय गरिएको उनले बताए ।
प्रकाशित भएको छात्रवृत्ति नतिजा अनुसार कायम योग्यता सूचीमा नाम समावेश नभएको वा नाम समावेश भएको तर योग्यता सूची उपर चित्त नबुझेका परीक्षार्थीले अनुसूची ३ बमोजिमको फाराम भरी महानगरपालिकामा पुनर्योग वा दाबीविरोधका लागि आवश्यक प्रमाणसहित अनलाइन मार्फत निवेदन दिन सक्ने साहले बताए । ‘आजको मितिबाट पुनर्योग एवं दाबीविरोधका लागि ३ दिन, अर्थात् २०८१ साल साउन १० गते बिहिवारसम्म तोकिएको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
छात्रवृत्ति वितरण परीक्षा र परीक्षार्थीहरूले अनलाइनमार्फत छानेका शिक्षण संस्थाहरूका योग्यता एवं प्राथमिकताका आधारमा भर्ना हुनका लागि परीक्षार्थीलाई २०८१ साल साउन १३ गते शिक्षण संस्थाहरू सिफारिस गरिनेसमेत उनले बताए ।
‘योग्यता एवं प्राथमिकताका आधारमा छात्रवृत्ति प्राप्त गर्न प्रतिक्षामा रहेका विद्यार्थीहरूलाई छात्रवृत्ति कोटा खाली रहेका विद्यालयहरूमा पुनः म्याचिङ गर्ने अवसर दिइनेछ,’ उनले भने, ‘यस्तो पुनः म्याचिङ गर्दा एउटा विषय समूहमा आवेदन दिएको परीक्षार्थीले अर्को विषय समुहमा पनि शिक्षण संस्था रोज्न पाउनेछ ।’
पुनः म्याचिङ गर्ने समय पछि प्रकाशन गरिने महानगरले जनाएको छ ।
हेर्नुहाेस् नतिजा
ताजा अपडेट
- शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदैं शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा
- एम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कूल को उपाधि
- अमेरिकी विदेश मन्त्रालयद्वारा ६,००० भन्दा बढी विद्यार्थी भिसा खारेज
- विद्यालय तहमा स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता दिन मन्त्री पौडेलको पहल
- स्वस्थ जीवनशैलीको जग बसाल्न विद्यालयको पाठ्यक्रम परिमार्जन गर्न बनेको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण
- नेपालमा व्यवसायिक शिक्षाको नयाँ युगः इम्बार्क कलेजको अग्रसरता
- १० वर्ष पुगेको अवसरमा स्वास्थ्य पत्रकार मञ्चले मनायो वार्षिकोत्सव
- १० औँ रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन हुँदै, २ सय विद्यार्थीले जनाउँदैछन् सहभागिता
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया