रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघको नवौं राष्ट्रिय सम्मेलन साउन ३१ गतेदेखि हुँदै
काठमाडौं । रिलायन्स पब्लिक स्कुलले ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्र संघ’को नवौं सम्मेलन गर्ने भएको छ । ‘जहाँ युवा मस्तिष्कहरु वार्ताका लागि भेला हुन्छन्’ भन्ने नाराका साथ आगामी साउन ३१ गतेदेखि सम्मेलन सुरु गर्न लागेको हो ।
भाद्र १ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट २ सय जनाभन्दा बढी विद्यार्थीले सहभागिता जनाउँदै छन् । विशेषगरी काठमाडौं उपत्यकालगायत रुपन्देही, चितवन, धनुषा, नवलपुर लगायतका विद्यार्थीहरु सम्मेलनका लागि आउने स्कुलले जनाएको छ । यो तीनदिने अवधिमा सम्पूर्ण मानव जनगत्का जल्दाबल्दा समस्याका बारेमा विद्यार्थीहरुले छलफल गरी आपसी समझदारी कायम गर्दै सुंकल्पहरु तयार पार्ने सम्मेलन निर्देशक दिलिप नेपालले जानकारी दिए ।
सम्मेलनमा नमुना संयुक्त राष्ट्र संघीय ६ वटा समिति डाइसेक, डब्लूएचओ, यूनोओसा, आइपीसी, यूएनएचआरसी लगायतको सहभागिता रहनेछ । त्यस्तै, संघीय संसद नेपाल र ऐतिहासिक विपत समितिले पनि सहभागिता जनाउने नेपालले जानकारी दिए । साथै, सम्मेलनलाई संयुक्त राष्ट्र संघ नेपालले रणनीतिक साझेदारका रुपमा लिई सहयोग गरिरहेको स्कुलले जनाएको छ ।
विद्यार्थीहरुमा कुटनीतिक क्षमताको अभिवृद्धि गरी विज्ञान र प्रविधिले दक्ष नागरिक निर्माणमा सम्मेलनले सहयोग गर्ने स्कुलको विश्वास छ । विद्यालय स्तरका ज्वलन्त समस्याहरुको पहिचान गरी त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बुझ्न र बुझाउन सन् २०१६ रिलायन्स पब्लिक नमुना राष्ट्रसंघ (आरपीमुन)को स्थापना भएको थियो । त्यसयता रिलायन्सले निरन्तर यो सम्मेलन गर्दै आएको छ ।
रिलायन्स ७ वर्षदेखि निरन्तर थाइमुनमा समेत सहभागि हुँदै आएको छ । थाइमुनबाट नै अभिप्रेरित भएर आरपीमुनको सुरुवात गरिएको रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले बताए ।
कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेटवर्कका अध्यक्ष थापाले नमुना संयुक्त राष्ट्र संघको राष्ट्रिय सम्मेलनलाई आगामी वर्ष अन्तराष्ट्रिय स्तरमा लैजाने बताए । ‘हामीले धेरै वर्ष विद्यालय भित्रै यो कार्यक्रम गर्यौं गत वर्षबाट राष्ट्रव्यापी सम्मेलन गर्न सफल भयौँ,’ उनले भने, ‘अब यो सम्मेलनमा अन्तर्राष्ट्रिय जगत्लाई पनि सहभागी गराउँछौँ ।’
नेपालबाट थाइमुनमा निरन्तर सहभागी हुने रिलायन्स स्कुलमात्र रहेको थापाको दाबी छ । ‘हामी निरन्तर थाइमुनमा सहभागी हुँदै आएका छौँ त्यसबाट सिक्दै हामीले पनि यो सम्मेलनमा गुणस्तरीयता बढाउँदै लगेका छौँ,’ उनी भन्दै थिए, ‘हामीलाई यो सम्मेलनका लागि संयुक्त राष्ट्र संघ नृेपालले पनि ठूलो सहयोग गरिरहेको छ ।’
रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्र संघको नवौं सम्मेलन तय गरेको संकल्प पत्रलाई स्कुलले न्यूज लेटरको रुपमा प्रकाशित गर्ने सम्मेलन निर्देशक नेपालले जानकारी दिए । साथै, उक्त संकल्प पत्रलाई संयुक्त राष्ट्र संघ नेपालमा पनि बुझाउने उनले बताए । ‘जसलाई संयुक्त राष्ट्र संघ नेपालले आफ्नो पुस्तकालयमा राख्नेछ,’ उनले भने ।
सम्मेलनको समापन समारोहमा संयुक्त राष्ट्र संघका लागि पूर्व आवाशीय दूत तथा कुटनीतिज्ञ मधुरमण आचार्यको प्रमुख आतिथ्यता र पत्रकार तथा विश्लेषक प्राध्यापक पुरुषोत्तम दाहालको विशिष्ट अतिथि रहने स्कुलले जनाएको छ । त्यस्तै, संयुक्त राष्ट्र संघ शान्ति तथा निशस्त्रीकरणका लागि एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्रका निर्देशक दिपायन वशु रयको मूख्य भाषण रहने छ ।
ताजा अपडेट
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
- डा. गोविन्द केसीले तोडे अनसन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया