आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका होस्टेललाई व्यवस्थित बनाउँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको छात्रावास (होस्टेल) को अभिलेखीकरण सुरु गरेको छ । महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइने छ ।
विभागका प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० जारी भएबमोजिम सोही मापदण्डको दफा (३) मा व्यवस्था भएअनुसार छात्रावास सञ्चालनका लागि महानगरसँग स्वीकृत लिनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार अनुगमन समितिबाट अनुगमनका क्रममा नियमअनुसार मापदण्ड पूरा भएको छ वा छैन अध्ययन समेत गर्ने प्रमुख शर्माको भनाइ छ । अभिलेखीकरण गर्न तत्कालीन जिल्ला शिक्षा कार्यलयबाट अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन भएका छात्रावासहरुले विवरण पेस गर्नुपर्ने छ ।
प्रचलिन कानुनबमोजित अनुमति नलिई सञ्चालन भएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ । नियमअनुसार छात्रावास सञ्चालनका लागि प्रचलित कानुनअनुसार दर्ता भई नेपालीपन झल्कने गरी नाम राख्नुपर्नेछ ।
सञ्चालनको जिम्मेवारी लिएको व्यक्तिबारे उल्लेख हुनुपर्ने, भौतिक संरचना भाडामा हो की आफ्नो स्पष्ट उल्लेख गर्नुपर्ने, भान्साको व्यवस्था कस्तो छ उल्लेख हुनुपर्ने खेलकुद मैदानको व्यवस्थाबारे खुलाउनुपर्ने, खानेपानीको अवस्था, स्थान घर वा शौचालयबारे बताउनुपर्ने उल्लेख छ ।
शैक्षिक मेलालाई निरन्तरता
कामपाले बिदाको समय उपयोग गरेर शैक्षिक नतिजा सुधारका लागि सहयोगका लागि आवश्यक हुने कार्य सञ्चालन गर्ने जनाएको छ । भर्खरै सकिएको नेपालीहरुको महान् चाड दसैँ, तिहारको बिदाको समयमा पनि कामपाले विभिन्न शैक्षिक गतिविधि गरेको थियो ।
यस्तै कार्यलाई निरन्तता दिने कामपाको भनाइ छ । प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु मेलाको उद्देश्य रहेको कामपा शिक्षा विभागको भनाइ छ ।
दसैँ तिहारको बिदामा पनि कामपाले ११ वटा स्रोत केन्द्र र एसइई परीक्षामा एक सय ५० भन्दा बढी विद्यार्थी सहभागी हुने भएका पाँच ठूला सामुदायिक विद्यालयमा मेला सञ्चालन गरेको थियो ।
‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न कामपाले यस्तो किसिमको कार्य गरेको जनाएको छ ।
ताजा अपडेट
- शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदैं शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा
- एम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कूल को उपाधि
- अमेरिकी विदेश मन्त्रालयद्वारा ६,००० भन्दा बढी विद्यार्थी भिसा खारेज
- विद्यालय तहमा स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता दिन मन्त्री पौडेलको पहल
- स्वस्थ जीवनशैलीको जग बसाल्न विद्यालयको पाठ्यक्रम परिमार्जन गर्न बनेको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण
- नेपालमा व्यवसायिक शिक्षाको नयाँ युगः इम्बार्क कलेजको अग्रसरता
- १० वर्ष पुगेको अवसरमा स्वास्थ्य पत्रकार मञ्चले मनायो वार्षिकोत्सव
- १० औँ रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन हुँदै, २ सय विद्यार्थीले जनाउँदैछन् सहभागिता
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया