रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
काठमाडौं । रिलायन्स एजुकेसन नेटवर्कले रिलायन्स एजुकेसन नेटवर्क पुस्तक समीक्षा स्वर्ण उत्सव कार्यक्रम सम्पन्न गरेको छ । गत माघ १६ गते शहिद दिवसको दिन रिलायन्स कलेजको सभा हल स्वर्ण उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

रिलायन्स एजुकेसन नेटवर्क पुस्तक समीक्षा समितिद्वारा आयोजित सो कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष तथा कलेज प्राचार्य रविन्द्रजङ्ग थापाको अध्यक्षतामा सञ्चालित भएको थियो । त्यस्तै, सिकाइ समूह नेपालका अध्यक्ष सुदर्सन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

वक्ताका रुपमा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा सिनियर चार्टड एकाउन्टेन्ट राजुकुमार सिवकोटी रहेका थिए । पुस्तक समीक्षा स्वर्ण उत्सव कार्यक्रममा रिलायन्स को एड स्कूलका प्रधानाध्यापक दशरथ ज्ञवाली र प्रि प्राइमरी संयोजक सुमन केसीले Why Nations Fail ? भन्ने पुस्तकमा क्रमशः समीक्षा र टिप्पणी गरेका थिए ।

हालसम्मका पुस्तक समिक्षक र टिप्पणीकर्ता सबै ८० जना शिक्षक/कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रमुख अतिथिको रुपमा रहेका घिमिरेले रिलायन्सको पठन संस्कृतिको अभियान र गतिविधि नेपालको संस्थागत शिक्षा क्षेत्रकै नमुनाको रुपमा रहेको बताए । स्वर्ण उत्सव कार्यक्रमको अध्यक्षता गरेका कलेज प्राचार्य थापाका अनुसार रिलायन्सका शिक्षक कर्मचारीहरुमा पठन संस्कृतिको अभ्यासलाई निरन्रता दिन यस्ता कार्यक्रम कोशेढुङ्गाको रुपमा रहने बताए । शिक्षक कर्मचारीमा सर्वपक्षीय ज्ञानको लागि अध्ययन अपरिहार्य रहेको समेत बताए ।

त्यस्तै, रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा सिनियर चार्टड एकाउन्टेन्ट राजुकुमार सिवकोटीले रिलायन्समा रहेका सबै शिक्षक कर्मचारीले अध्ययनको बानी बसाल्नै पर्ने जिकीर गरे । ज्ञात अज्ञात शहिदप्रति श्रद्दास्वरुप दुइ मिनेटको मौन धारण गरी प्रारम्भ गरिएको उक्त कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कको सञ्चालक तथा संस्कृति विभागको प्रमुख दामोदर निरौलाले २ मिनेटको ध्यान र माघ महिनाको अवधारणा धीरता माथि प्रकाश पारेका थिए ।

औपचारिक स्वागत मन्तव्य पुस्तक समिक्षा समितिका सदस्य सचिव वेदनीधि खनालले गरेका थिए । पुस्तक समिक्षाको फर्म्याट बारेमा सिनियर फ्याकल्टी गणेश खनियाले विषेश प्रस्तुति राखेका थिए । कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा कलेज सहायक प्राचार्य नन्दप्रसाद कुशवाहा, संयोजकहरु, शिक्षक कर्मचारी, अभिभावक, विभिन्न विद्यार्थी क्लबहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।

रिलायन्स एजुकेसन नेटवर्क पुस्तक समीक्षा समितिका संयोजक गोविन्द ढकालको सशक्त शैलीमा सञ्चालित कार्यक्रम रहेको थियो । कोभिडको दुःखद आगमनसङ्गै जुम अनलाइन मार्फत विगत ५ वर्षदेखि यो कार्यक्रम पाक्षिक रुपमा सञ्चालित हुदै आएको छ । रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गतका शैक्षिक संस्थाहरुले पालैपालो नियमित सहभागिता जनाउदै आएका छन् । रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गत सञ्चालित ४ ओटा विद्यालय र २ वटा कलेजका २२१ जना शिक्षक कर्मचारीको सहभागिता रहेको सो स्वर्ण उत्सव भौतिक रुपमा भने पहिलो रहेको थियो भने यो भन्दा अगाडिका सबै कार्यक्रम पाक्षिक रुपमा शनिबार बिहान ८ बजे सञ्चालित हुँदै आएको पुस्तक समीक्षा समितिका संयोजक गोविन्द ढकालले बताए ।

ताजा अपडेट
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया