२०५८ साल यताका विद्यार्थीका लागि त्रिविले खुलायो मौका परीक्षाको फारम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीहरूका लागि मौका परीक्षाको फारम खोलेको छ । त्रिविल स्नातक तह र स्नातकोत्तर तहका लागि विद्यार्थीका लागि मौका परीक्षाको आवेदन खुला गरेको हो ।
३ र ४ वर्षे स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो ।
वार्षिक प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह र स्नातकोत्तर तहको मौका परीक्षाको फाराम खुला गरेको हो । त्यसका लागि माघ २४ गतेदेखि फागुन २३ गतेसम्म नियमित दस्तुर बुझाएर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फारम भर्न भनेको हो ।
यसअघि त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा २०८१ असोज ७ गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका २०५८ साल देखीका वार्षिक प्रणाली अन्तर्गत र २०६९ सालदेखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एक पटक मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको थियो । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको अवसर दिएको हो ।
ताजा अपडेट
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
- स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा
- शिक्षा मन्त्रालयद्वारा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला
- आफ्नै भवनमा सर्यो शिक्षा मन्त्रालय, मन्त्री पुनको बसोबास पनि सिंहदरबारमै
- उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया