ब्रेनब्रिज एजुकेसनले चितवनमा सेवा सुरु गर्दै, चितवनमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने
भरतपुर—काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले काठमाडौंको मध्यबानेश्वरमा सञ्चालनमा रहेको ब्रेनब्रिज एजुकेसनले यही महिनादेखि चितवनमा शाखा विस्तार गरेको हो ।
चितवनमा विद्यार्थीहरुलाई सही परामर्श होस् र उच्च शिक्षाका लागि गन्तव्य चयनमा पनि सहजीकरण होस् भन्ने हेतुले चितवनमा आफ्नो शाखा विस्तार गर्न लागेको ब्रेनब्रिज एजुकेसनकी अध्यक्ष अर्चना दवाडीले बताइन् ।
‘हामीले काठमाडौंमा जसरी विद्यार्थीहरुलाई सही परामर्श दिइरहेका छौँ,’ उनले भनिन्, ‘चितवनमा पनि विद्यार्थीहरुलाई आफ्नो अध्ययनको सपना पूरा होस् भन्ने हेतुले शाखा सन्चलानमा ल्याउने निर्णय गरेका हौँ ।’
उनले ब्रेनब्रिज एजुकेसनले काठमाडौंमा जस्तै चितवनमा निःशुल्क भाषा शिक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने बताएकी छिन् ।
‘आइइएलटिएस, पिटिई, डिस्याट, ड्युलिङ्गोजस्ता भाषा कक्षाहरु हामीले काठमाडौंमा निःशुल्क गरिरहेका छौँ,’ उनले भनिन्, ‘विद्यार्थीहरुलाई आर्थिक भार नपरोस् भनेर हामीले भविष्यमा खुल्ने नेपालका अन्य शाखाहरुमा पनि भाषा शिक्षण निःशुल्क गर्नेछौँ ।’ यस्तो गर्दा विद्यार्थीहरुले यसको भरपूर फाइदा उठाउन पाउने उनले जानकारी दिइन् ।
अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, न्यूजिल्याण्ड, आयरल्याण्डलगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श प्रदान गरिरहेको ब्रेनब्रिज एजुकेसनले चितवनबाट सेवा दिन पाउँदा खुसी भएको जनाएको छ ।
साथै, ब्रेनब्रिज एजुकेसनले चितवनमा प्लस टु तथा ब्याचलर्समा विभिन्न संकायमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने हिसाबले छात्रवृत्ति उपलब्ध गराउने तयारी पनि गरेको छ । यसका लागि केही समयपछि छात्रवृत्ति आवेदन खुलाउने र यसमा चितवनका विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुले आवेदन दिनसक्ने ब्रेनब्रिज एजुकेसनले जनाएको छ । यो चितवनमा अहिलेसम्म प्रदान गरिएको सबैभन्दा ठूलो छात्रवृत्ति हुने ब्रेनब्रिज एजुकेसनको दाबी छ । ‘यसमा प्रत्येक वर्ष हामीले एक सय विद्यार्थीको हाराहारीमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दैछौँ,’ दवाडीले भनिन् ।
ताजा अपडेट
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया