शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी हुन् ।
विगत २१ दिनदेखि शिक्षकहरु शिक्षा ऐनको माग गर्दै सडकमा छन् । शिक्षकको माग सम्बोधन गर्ने विषयमा शिक्षामन्त्री र प्रधानमन्त्रीबीचमा मतभेद रहँदै आएको थियो । यही मतभेदका बिचमा शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको सचिवालयले जानकारी दिएको छ ।
मन्त्री भट्राईले शिक्षकका जायज माग पूरा गर्न कसरत गरेपनि त्यसमा प्रधानमन्त्री सकारात्मक नहुँदा उनी शिक्षकहरुको घेराबन्दीमा परेकी थिइन् । प्रधानमन्त्री ओली भने शिक्षकका माग सम्बोधन गर्नुका सट्टा शिक्षकको आन्दोलनलाई सरकारले कुनै वास्ता नगरेको जस्तो अभिव्यक्ति दिइरहेकी छन् ।
प्रधानमन्त्रीको यही शैलीबाट आजित बनेकी भट्टराईले अन्ततः राजीनामा दिएको हुनसक्ने एमालेका एक नेताले बताए । ‘उहाँ शिक्षकहरुको चौतर्फी घेराबन्दीमा हुनुहुन्थ्यो तर, उहाँको मर्कालाई प्रधानमन्त्रीले खासै चासो देखाएको पाइएन,’ ती नेताले भने, ‘शिक्षकहरुको दबाब थेग्न नसकेर नैतिकताका आधारमा उहाँले राजीनामा दिएको हुनुपर्छ भन्ने मेरो बुझाई छ ।’
ताजा अपडेट
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया