Techie IT
  • मंगलबार, भदौ १०, २०८२ / Tuesday, August 26, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारकक्षा १२ को परीक्षा तोकिएकै मितिमा गर्ने बोर्डको निर्णय

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा गर्ने बोर्डको निर्णय


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाटै सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

‘हामीले परीक्षाको सम्पूर्ण तयारी गरिसेकेका थियौँ सरकारले पनि परीक्षा गर्न दबाब दियो,’ उनले भने, ‘बोर्डको बैठकले पनि सोही अनुसार तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरेको छ ।’

विगत तीन सातादेखि शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकहरु आन्दोलनमा रहेका बेला कक्षा १२ को परीक्षा गर्ने कि सार्ने भन्ने विषयमा अन्योल भएको थियो । तर, आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

यही अन्योलताको बिचमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी थिइन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको