Techie IT
  • मंगलबार, असार ३, २०८२ / Tuesday, June 17, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट गर्ने बोर्डको निर्णय

कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट गर्ने बोर्डको निर्णय


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट गर्ने निर्णय गरेको छ । मंगबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डलाई कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएसँगै बसेको बोर्डको बैठकले वैशाख २१ गतेबाट सुरु गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले एजुकेशनसमाचारलाई जानकारी दिए । ‘वैशाख २१ गतेबाट परीक्षा गर्ने निर्णय भएको छ,’ उनले भने ।

यसअघि बोर्डले ११ वैशाखबाट कक्षा १२ को परीक्षा सुरु गर्ने तयारी गरेको थियो । तर, तीन सातादेखि शिक्षा ऐनको माग गर्दै शिक्षकहरु आन्दोलित भएपछि शिक्षा मन्त्रालयको समेत बागडोर सम्हालेका प्रधानमन्त्री ओलीले परीक्षा सार्नका लागि निर्देशन दिन बाध्य भएका थिए ।

सोही अनुसार बोर्डले नयाँ मिति घोषणा गरेको हो । परीक्षा तालिका भने सोही अनुसार नै हुने परीक्षा नियन्त्रक शर्माले जानकारी दिए । ‘परीक्षाको मिति मात्र परिवर्तन भएको हो तालिका सोही अनुसार नै हुन्छ,’ उनले भने ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको