समाचार
खोटाङका तत्कालीन तीन जिल्ला शिक्षा अधिकारी विरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन तीन जना जिल्ला शिक्षा अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अख्तियार सार्वजनिक सम्पत्ति हानी नोक्सानी पु¥याएको भन्दैं तत्कालीन तीन जिल्ला शिक्षा अधिकारीसहित १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
अख्तियारले तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको हो । यसैगरी, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरूद्ध पनि भ्रष्टाचारको आरोपमा अख्तियारमा विशेषमा मुद्धा दायर गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिका—४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा डीपीसी मात्र तयार गरी रकम हिनामिना गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
उक्त भवन निर्माणमा मिलेमतो गरेको भन्दैं अख्तियारले जिल्ला शिक्षा अधिकारी डा. भट्टराईसँग १० लाख रुपैयाँ, दाहाल र नेपालसँग १४/१४ लाख रुपैयाँ, तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठसँग २४ लाख रुपैयाँ र तत्कालीन सब—इन्जिनियर शिवराज राईसँग २४ लाख रुपैयाँ बिगो माग गरेको छ । यस्तै, प्राध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, लेखापाललाई अख्तियारले धरौटी माग गरेको छ ।

ताजा अपडेट
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया