शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महाविर पुनले आज मन्त्रालयमा तत्कालै कार्यान्वयन गर्नुपर्ने तीन कदम अघि सारेका छन्।
मन्त्री पुनका अनुसार नेपालभरका सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीलाई कम्प्युटर शिक्षाबाट वञ्चित हुन नदिन प्रत्येक विद्यालयमा अनिवार्यरूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थपिनेछ।
त्यस्तै, कतिपय विश्वविद्यालयले परीक्षा लिएर परीक्षाफल प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म लगाउने गरेको भन्दै उनले अब बढीमा तीन महिनाभित्र नतिजा अनिवार्यरूपमा सार्वजनिक गर्न निर्देशन दिने घोषणा गरेका छन्। समयमा नतिजा ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने पनि उनले चेतावनी दिएका छन्। “राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको पाँच लाख विद्यार्थीको नतिजा तीन महिनामै निकाल्न सक्छ भने विश्वविद्यालयले पनि गर्न सक्नुपर्छ,” मन्त्री पुनले बताएका छन्।
तेस्रो निर्देशनका रूपमा उनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरभित्रको ठूलो क्षेत्रफलकमा रहेका झाडी फाँडेर (ठूलो रुख नकटाई) सफा गर्ने, बगैँचा र फुटपाथ बनाएर वातावरण सुन्दर र आकर्षक बनाउनुपर्ने बताएका छन्।
यी तीन कदमबारे मन्त्री पुनले आफ्नाे सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
ताजा अपडेट
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया