Techie IT
  • बुधबार, कात्तिक ६, २०८२ / Wednesday, October 22, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठअपरचुनिटी/स्कलरसीपकाठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने, कक्षा १० कै पाठ्यक्रमबाट प्रश्न साेधिने

काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने, कक्षा १० कै पाठ्यक्रमबाट प्रश्न साेधिने


काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ ।

महानगर अन्तर्गतको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म आवेदन खुला गरेको हो ।

विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने उक्त सूचनामा उल्लेख गरिएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको