
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले प्रवेश परीक्षा स्थगित गरेको छ ।
स्नातक तह (बि.ई/बि.आर्क) प्रवेश परीक्षा कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो।
प्रवेश परीक्षा बोर्डका पदाधिकारीहरूले राजीनामा दिएकोले प्रवेश परीक्षा स्थगित गर्नुपरेको शाखा अधिकृत निरजकुमार वैद्यले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।
परीक्षा बोर्डका पदाधिकारीहरूले मंगलबार संयुक्त राजीनामा दिएका थिए।
डीनको कार्यालयले असोज १५ गते सूचना निकालेर शैक्षिक वर्ष २०८०/०८१ को स्नातक तहका विभिन्न कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका आगिंक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पुरानै शुल्कमा विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा मिति तोकेको थियो।
असोज १७ देखि १९ गतेसम्म परीक्षा फारम भर्न समय दिइएको थियो। असोज २२ देखि प्रवेश परीक्षा सञ्चालन गर्ने डीनसमेत रहेका प्रा. डा. शशीधर राम जोशीले निकालेको सूचनामा उल्लेख थियो।
गत भदौमै प्रवेश परीक्षा हुनुपर्ने भए पनि शुल्क विवादका कारण ढिलाइ भइरहेको छ। विद्यार्थी संघसंगठनहरूले शुल्कवृद्धि गर्न नपाइने अडान राखेका छन् भने त्रिविले २०५३ सालदेखि शुल्कवृद्धि नभएकोले वृद्धि गर्नुपर्ने अडान राखिरहेको छ।
ताजा अपडेट
- करारका शिक्षक कटौती नहुने
- ६५२ उत्तररपुस्तिका जेनजी आन्दोलनमा नष्ट भएपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
- सीटीईभीटीका १४ हजारभन्दा बढी उत्तरपुस्तिका जले, पुनः परीक्षा मंसिर ४ देखि
- एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया