मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
काठमाडौं – चावहिल चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड स्कुल/कलेज देशभरकै अब्बल २० माविमा परेको छ । एजुकेशन समाचारले निकालेको अब्बल २५ माविहरुको सूचीमा मनास्लुले आफूलाई टप २० मा सुरक्षित गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर कक्षा ११ र १२ अध्यापन गराउने ४ हजार ७ सय ४१ मावि छन् । तिनै माविहरुका बीचमा मनास्लुले आफूलाई टप २० मा उभ्याएको हो ।
स्थापनाको छोटो समयमै शैक्षिक धरोहरका रुपमा स्थापित हुन सफल मनास्लु पछिल्लो समय विद्यार्थीहरुको उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै गएको छ । मनास्लु टीम अफ इन्टरप्रिनर प्रा.लि. द्वारा सञ्चालित यस कलेजले ‘अ होम फर फ्युचर लिडर्स’ भन्ने मूल मन्त्र मान्दै आएको छ । जसलाई सार्थक बनाउन दक्ष शिक्षक/शिक्षिका, कुशल व्यवस्थापक, उत्कृष्ट भौतिक पूर्वाधार, अनुशासित वातावरण, प्रविधिमैत्री कक्षाकोठा, विद्यार्थीको उचित मूल्यांकन जस्ता कुराले उत्कृष्ट नतिजा ल्याउन सफल भएको संस्थाका अध्यक्ष एवम् प्रिन्सिपल गेन्द्र लामा बताउँछन् । ‘हामी विद्यार्थीको क्षमतालाई सुरुवातमै परीक्षण गर्छौं,’ उनी भन्दै थिए, ‘कोही विद्यार्थी पढाईमा कमजोर छ भने उसलाई सुरुबाटै विशेष निगरानी गर्दै आएका छौँ ।’
फरक शैलीबाट शिक्षण क्षेत्रमा उदाएको मनास्लुले हजारौं विद्यार्थीलाई शिक्षाको उज्यालो मात्रै दिइरहेको छैन्, उनीहरुमा भविष्यको लिडरका रुपमा उभिन सक्ने क्षमता पनि विकास गरिरहेको छ । नेपाली शैक्षिक जगतमा परम्परागत ढंगबाट चलेको शिक्षण सिकाइ प्रणालीलाई परिवर्तन गर्ने उद्धेश्य बोकेर हिँडेको मनास्लुले छोटो अवधिमै आफूलाई प्रमाणित गरिसकेको छ ।
प्रतिस्पर्धात्मक विश्वबजारमा सक्षम जनशक्ति उत्पादन गर्ने ध्याउन्नमा रहेको मनास्लुले विद्यार्थीलाई पढाइका अलवा व्यवहारिक सिकाइ र अतिरिक्त क्रियाकलापमा समेत सामेल गराउँदै उनीहरुमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउँदै आएको छ । ‘हामी विद्यार्थीलाई पढाइमा मात्र फोकस गर्दैनौँ,’ कलेजका अध्यक्ष गेन्द्र लामा भन्छन्, ‘यदि कुनै विद्यार्थी पढाइमा कमजोर छ । तर, उसमा रहेको प्रतिभा बेजोड छ भने हामी उसको क्षमतालाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँछौँ ।’
मनास्लुको अर्को संकल्प छ– फ्लोअर्स होइन लिडर्स । ‘हामी चाहन्छौँ मनास्लुमा पढेका विद्यार्थीले हरेक क्षेत्रलाई कुशल नेतृत्व प्रदान गर्न सकुन्,’ लामा भन्दै थिए, ‘हामी विद्यार्थीलाई कसरी नेतृत्व गर्ने भन्ने कुरा कक्षाकोठाबाटै सिकाउँछाँै जसले उनीहरुमा आत्मविश्वास उजागर गरी भोलिका दिन जुनसुकै क्षेत्रमा गएपनि नेतृत्व लिन सक्षम बनाओस् ।’
उनी अगाडि थप्छन्, ‘पढाइ त चाहिन्छ तर कसैलाई राम्रो फुटबल, बाँस्केटबल, भलिबल खेल्न आउला कसैलाई राम्रो नाच्न गाउन आउला उसको त्यो अब्बल पाटो हो । त्यसैले त्यो अब्बलतालाई अझै उत्कृष्ट बनाउन मनास्लुले पुलको काम गरिदिन्छ । अनि तिनै विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गरी त्यो क्षेत्रको नेतृत्व गरोस् भन्ने हाम्रो चाहना हो ।’
मनास्लुमा अध्ययन गरेका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा मात्र होइन एमबीबीएस र इन्जिनियरिङको प्रवेश परीक्षामा समेत अब्बल नतिजा प्राप्त गर्दै आएका छन् । त्यस्तै, भारतीय दूतावासमार्फत बिई/बिटेकका प्रदान गरिने शतप्रतिशत छात्रवृत्तिमा पनि यसै कलेजका विद्यार्थीले पाएको लामा बताउँछन् । ‘हामी कक्षा ११ र १२ को पढाईमा मात्र होइन, विद्यार्थीको त्यसपछिको लक्ष्यसँग पनि सँगसँगै हुन्छौँ,’ उनले भने, ‘विद्यार्थीको मेहेनत र हाम्रो हौसलाकै कारणले गर्दा हाम्रा विद्यार्थीले हरेक क्षेत्रमा आफूलाई स्थापित गर्दै आएका छन् ।’
कसरी छनोट भयो ?
एजुकेशन समाचारले राष्ट्रिय परीक्षा बोर्डले ‘नन ग्रेडिङ’ प्रणाली लागु गरेपछिको तीन वर्षको कक्षा १२ को रिजल्टलाई अब्बल माविहरु छनोटको प्रमुख आधार बनाएको थियो । रिजल्टसँगै लगातार पछिल्ला तीन वर्षमा ४ सय ८० विद्यार्थी परीक्षामा सहभागी गराउने मावि, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, उत्कृष्ट माविको पुरस्कार, कक्षा ११ र १२ पढाउने अनुमति पाएको वर्ष र पिपुल्स पर्सेप्सनका आधारमा अब्बल मावि छनोट गरेको थियो ।
त्यसबाट सर्टलिष्ट भएर २०७९ सालमा प्रकाशित रिजल्टबाट ८० मावि, २०८० सालमा प्रकाशित रिजल्टबाट ११९ मावि र २०८१ सालमा प्रकाशित रिजल्टबाट ९४ माविहरु छनोट भएका थिए । कतिपय माविहरु तीन वर्ष लगातार ४ सय ८० विद्यार्थी परीक्षामा सहभागी नगराएका कारण प्रतिस्पर्धाबाट बाहिरिएका थिए । तीन वर्ष नै बोर्डको वार्षिक परीक्षामा ४ सय ८० विद्यार्थी सहभागी गराएका ७६ वटा माविहरुबाट रिजल्टका आधारमा टप २५ मा रहेका माविहरुलाई भौतिक पूर्वाधार, पिपुल्स पर्सेप्सन, अतिरिक्त क्रियाकलाप, उत्कृष्ट माविको पुरस्कार, प्लस टु अध्यापन गराउन थालेको वर्षमा प्रतिस्पर्धा गराइएको थियो । जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई २० (प्रत्येकलाई ४/४) प्रतिशतमा मार्किङ गरेर सबै जोडेर कुल अंकमा आधारमा अब्लल २५ माविहरु छनोट भएका थिए ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया