Techie IT
  • बिहीबार, पुस १०, २०८२ / Thursday, December 25, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज आइतबार नतिजा सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको नतिजामा ७३.४१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । बोर्डले असोज ७ र ८ गते सञ्चालन गरेको मौका परीक्षामा देशभरबाट १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ७६ हजार ३ सय ६७ जनाले ग्रेड प्राप्त गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । त्यस्तै, ४ जनाको विद्यार्थीको परीक्षाफल रद्ध गरिएको उनले बताए ।

नतिजालाई राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमका वेवसाइट, नेपाल टेलिकमको १६०० मा एसएमएस गरी हेर्न सकिने बोर्डले जनाएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको