‘टेक एक्स २०२३’ सफ्टवेरिका कलेज काठमाडौंमा सफलतापूर्वक सम्पन्न

काठमाडौं—आईटी र ई–कमर्स कलेजको रूपमा चिनिने सफ्टवेरिकाले आफ्नो कलेज परिसरमा जुलाई २७ देखि जुलाई ३० सम्म गरेको ‘स्मार्ट टेक्नोलोजी’ प्रदर्शनी सम्पन्न भएको छ । राजनीतिज्ञ, सेलिब्रेटीलगायत १० हजारभन्दा बढी सर्वसाधारणको उक्त प्रदर्शनी अवलोकन गरेको कलेजले जनाएको छ ।
४ दिने प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए । कार्यक्रममा ३० भन्दा बढी नवप्रवर्तनहरू थिए र मुख्य आकर्षण रोबोटको लडाकु ‘रोबो वार’ थियो
कार्यक्रमको अन्तिम दिन टोली ‘भाइपर स्ट्राइक’ ले रोबो वार जितको थियो भने ‘काजाडोर’ उपविजेता बनेको थियो । विजेता टोलीले क्रमसः ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
कार्यक्रमको उद्घाटनसञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।
सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिन्छ । यसपटक ‘आइओटी एक्सपो’ नामले चिनिने सफ्टवेयर प्रदर्शनीलाई ‘टेक एक्सपो’ नाम दिइएको थियो ।
ताजा अपडेट
- मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न
- साइपल एकेडेमीका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष निष्काशन, विद्यार्थीको सबै विषयको परीक्षा रद्द
- साइपाल एकेडेमीका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष प्रहरी नियन्त्रणमा
- आजबाट कक्षा १२ को परीक्षा सुरु
- शिक्षिका ११ वर्षीय विद्यार्थीको प्रेममा परेपछि…
- बोर्डका अध्यक्ष शर्मा भन्छन् ,`कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाटै हुन्छ´
- शिक्षक महासंघद्वारा शैक्षिक हड्ताल स्थगित
- यी हुन् सरकार र शिक्षकबीच भएका सहमति
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
तपाईको प्रतिक्रिया