किंङ्स कलेज र नामीले एआईसम्बन्धी शैक्षिक कार्यक्रम संचालन गर्ने
एआईसम्बन्धी दिर्घकालीन अध्यापन संचालन गर्नको लागि हातेमालोको घोषणा
काठमाडौं—उद्यमशीलता शिक्षामा अग्रणी काठमाडौंस्थित किंङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्च (नामी) ले नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी औपचारिक शैक्षिक पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।
पछिल्लो समय सूचना प्रविधीको अध्ययन–अध्यापनलाई प्राथमिकता दिएको किंङ्स कलेज र बैज्ञानिक अनुसन्धान केन्द्र, नामीले आज एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै नै ६ महिने परिक्षणात्मक तालिम कक्षा संचालन गर्ने जनाएका हुन् । भने यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी विशिष्ठ तथा एकिकृत पाठ्यक्रमको विकास गरी स्नातक तथा स्नातकोत्तर तहको शिक्षण कार्यक्रम संचालन गर्ने बताइएको छ ।
ब्यक्ति तथा संस्थाहरुको विशिष्टकृत आवश्यकता परिपूर्ती गर्नको लागि आवश्यक उच्च गुणस्तरीय कार्यक्रमको डिजाइन गरी वितरण गर्नको लागि किंङ्स कलेज र नामीले हातेमालो गरेका हुन् ।
सुरुवाती चरणमा सूचना प्रविधी तथा इञ्जिनियरिङ्ग विधामा काम गरिरहेकाहरुलाई लक्षित गरेता पनि पछि विधार्थी तथा आर्टिफिसियल इन्टिलीजेन्स् क्षेत्रमा रुची राख्ने जोकसैले पनि यस शिक्षण कार्यक्रममा सहभागी हुन पाउने कलेजले जानकारी दिएको छ । तथापी यस कार्यक्रममा सहभागी हुन चाहनेहरुले पाइथन प्रोग्रामिङ्ग चलाउन जानेको हुनुपर्नेछ ।
‘शिक्षाले मानिसलाई बर्तमान समस्याको समाधान गर्न र समयअनुसार विभिन्न परिस्थितीको सामना गर्न सक्षम गराउनुका साथसाथै समयसान्दर्भिक शिप तथा सामथ्र्यको विकासमा सघाउनुपर्दछ भन्ने हाम्रोे सोच रहेको छ,’ कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल भन्छन्, ‘पछिल्लो समय विश्वमै मुलधार प्रबृत्तीको रुपमा विकास भैरहेको आर्टिफिसियल इन्टिलीजेन्स्को क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उदेश्यको साथ नामीसँग साझेदारी गरिएको हो ।’
कलेजले शिक्षालाई परम्परागत चारकोठे सिकाइ प्रणालीको रुपमा मात्र सिमित नराखी आधुनिक समाजमा देखापरिरहेको चुनौतीको सम्बोधन गर्न, नयाँ अवसरहरुबाट लाभ लिन र आधुनिक चालचलन तथा प्रबृत्तीहरुलाई अंगीकार गरी समाज तथा राष्ट्रको विकासमा टेवा पु¥याउन सक्षम नागरिकको श्रृजना गर्न विभिन्न पहल तथा परियोजनाहरु संचालन गरिरहेको अर्यालले जानकारी दिए ।
‘आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी हामीले संचालन गर्न लागेको शिक्षण कार्यक्रम सोही परियोजनाहरुमध्येको एक हो जसबाट हासिल ज्ञानले नेपालमा पनि विभिन्न जटिल क्रियाकलापहरु सहजताका साथ सम्पन्न गराउन सकिने एवं आर्थिक क्षेत्रमा चलायमानता ल्याउन सकिने मैले विश्वास लिएको छु,’ उनी थप्छन् ।
यसका साथै विद्यार्थीहरुले आर्टिफिसियल इन्टिलीजेन्स्को क्षेत्रमा रोजगारीका साथसाथै ब्यवसायमा पनि सफलता हासिल गर्न सकुन् भन्ने यस कार्यक्रमको अभिप्राय रहेको छ ।
विश्वब्यापी क्षेत्रमा आर्टिफिसियल इन्टेलीजेन्स्को तीब्र विकास भैरहेको परिप्रेक्षमा नेपालमा पनि यस क्षेत्रप्रति आममानिसको चासो र रुची बढिरहेको यथार्थलाई ध्यानमा राखी यस विषयबारे प्राज्ञिक शिक्षा प्रदान गरी आवश्यक जनशक्ति तयार गर्ने उदेश्यका साथ शैक्षिक कार्यक्रम संचालन गर्न लागिएको नामीका सह—संस्थापक तथा निर्देशक डा. विशेष खनालले जानकारी दिए ।
ताजा अपडेट
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
- नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा आमाको मुख हेर्ने दिनमा स्वास्थ्य सेवामा विशेष छुट
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया