समाचार
सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित
काठमाडौं—सफ्टवेरिका कलेज अफ आइटी एन्ड ईकमर्सले दीक्षान्त समारोह आयोजना गरेको छ । बिहीबार काठमाडौंमा आयोजना गरेको दीक्षान्त समारोहमा २ सय ४८ जना विद्यार्थी दीक्षित भएका छन् ।
सन् २०२३ मा कम्प्युटिङ र इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीमा स्नातक तह उत्तीर्ण गरेका २ सय ४८ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको हो । काठमाडौंस्थित हायात होटलमा आयोजना गरिएको उक्त दीक्षान्त समारोहमा विद्यार्थीसँगै अभिभावकसमेत सहभागी थिए ।
सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले सबै दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि शुभकामना दिदैं आईटीको युगमा विद्यार्थीहरुका लागी यो क्षेत्रमा अवसर नै अवसर रहेको बताए ।
सफ्ट्वेरिका कलेज प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागी बधाई तथा शुभकामना व्यक्त गरेका थिए । ‘अधिकांश दीक्षित विद्यार्थीले स्नातक अघि नै आफ्नो जागिर सुरु गरिसकेका छन्,’ उनले भने, ‘जुन हाम्रो लागि निकै गौरवको कुरा हो ।’ यसले हाम्रो सफलता र उपलब्धिको उत्सवलाई थप बलियो बनाएको कुरा बताए ।
सफ्टवेरिका कलेजले करिब डेढ दशकदेखि बेलायतस्थित कोभेन्ट्री विश्व विद्यालयको आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको छ । सन् २०१० मा स्थापना भएको सफ्टवेरिका कलेज अफ् आईटी एन्ड ई–कमर्स नेपालमा आईटी शिक्षाका लागि प्रख्यात छ । बेलायती कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजले स्नातक, स्नातकोत्तर तहमा आईटी सम्बन्धीका विभिन्न शैक्षिक कार्यत्रफ्म सञ्चालन गरिरहेको छ ।
कलेजले पढाउने बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी, बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी, बीएससी (अनर्स) कम्प्युटर साइन्सको साथ एआईलगायतका विषय आईटी शिक्षामा रुचि भएका विद्यार्थीमाझ लोकप्रिय छन् ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनले जेनजीको माग पुरा गर्न सक्दिन भनेपछि…
- सीटीईभीटीको सर्टिफिकेट र ट्रान्सक्रिप्टमा क्यूआर कोड
- एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
- रिलायन्सद्वारा २३ औँ ब्याचका विद्यार्थीलाई स्वागत २१ औँ ब्याचलाई बिदाइ कार्यक्रम सम्पन्न
- राजनीतिक दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारवाही गर्ने मन्त्री पुनको चेतावनी
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक हुँदैं
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया