अरनिको आवासीय माविको ओरेन्टेसन कार्यक्रम सम्पन्न
विराटनगर—विराटनगरस्थित अरनिको आवासीय माविले ओरेन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । गत मंगलबार एक कार्यक्रम आयोजना गरेर नयाँ भर्ना भएका विद्यार्थीहरुलाई ओरेन्टेसन तथा वेलकम गरिएको माविका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।
पूर्वी क्षेत्रको उत्कृष्ट माविमा परेको अरनिकोमा विज्ञान संकायमा ९२० र व्यवस्थापन संकायमा ८० जना विद्यार्थी भर्ना भएका छन् ।
ओरेन्टेसन कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको नीति, नियम, अनुशासन र अध्ययन शैलीका विषयमा जानकारी दिइएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहेका थिए । कोइरालाले प्रविधिसँगै सीप र संस्कारसहितको शिक्षा आजको आवश्यकता भएकोले बताए । ‘विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालयहरु अगाडि बढ्नुपर्छ,’ उनले भने ।
माविका प्रिन्सिपल कार्कीले शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै उत्कृष्ट नतिजाको कारक रहेको बताए । ‘शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै हाम्रो उत्कृष्ट नतिजाको कारक हो,’ प्रिन्सिपल कार्कीले भने ।

कार्यक्रममा कलेजले लिएको आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा उत्प्रेरक डा. तारा गिरी, विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरी, अरनी माविको संस्थापक लक्ष्मीप्रसाद अधिकारी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख डिल्ली पोखरेललगायतको उपस्थीति रहेको थियो ।
वि.सं. २०५६ सालदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदैं आएको अरनिको आवासीय सेकेण्डरी स्कुल आफ्नो लिगेसीलाई निरन्तर अब्बल नतिजामार्फत प्रमाणित गर्दै आएको छ ।
ताजा अपडेट
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया