अरनिको आवासीय माविको ओरेन्टेसन कार्यक्रम सम्पन्न

विराटनगर—विराटनगरस्थित अरनिको आवासीय माविले ओरेन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । गत मंगलबार एक कार्यक्रम आयोजना गरेर नयाँ भर्ना भएका विद्यार्थीहरुलाई ओरेन्टेसन तथा वेलकम गरिएको माविका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।
पूर्वी क्षेत्रको उत्कृष्ट माविमा परेको अरनिकोमा विज्ञान संकायमा ९२० र व्यवस्थापन संकायमा ८० जना विद्यार्थी भर्ना भएका छन् ।
ओरेन्टेसन कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको नीति, नियम, अनुशासन र अध्ययन शैलीका विषयमा जानकारी दिइएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहेका थिए । कोइरालाले प्रविधिसँगै सीप र संस्कारसहितको शिक्षा आजको आवश्यकता भएकोले बताए । ‘विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालयहरु अगाडि बढ्नुपर्छ,’ उनले भने ।
माविका प्रिन्सिपल कार्कीले शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै उत्कृष्ट नतिजाको कारक रहेको बताए । ‘शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै हाम्रो उत्कृष्ट नतिजाको कारक हो,’ प्रिन्सिपल कार्कीले भने ।
कार्यक्रममा कलेजले लिएको आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा उत्प्रेरक डा. तारा गिरी, विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरी, अरनी माविको संस्थापक लक्ष्मीप्रसाद अधिकारी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख डिल्ली पोखरेललगायतको उपस्थीति रहेको थियो ।
वि.सं. २०५६ सालदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदैं आएको अरनिको आवासीय सेकेण्डरी स्कुल आफ्नो लिगेसीलाई निरन्तर अब्बल नतिजामार्फत प्रमाणित गर्दै आएको छ ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया