रिलायन्स कलेजको विद्यार्थी स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स इन्टरनेशनल एकेडेमीले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक भव्य समारोहकाबीच एकेडेमीले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल प्रमुख अतिथिका रुपमा थिए । त्यस्तै, विशेष अतिथिका रुपमा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ रहेका थिए ।
रिलायन्स एजुकेशन नेटवर्कका एवम् कलेजका प्रिन्सिपल रवीन्द्रजंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका संस्थापक निर्देशक एवम् कलेज सहायक प्रिन्सिपल नन्दुप्रसाद कुशुवाहले मन्तव्यमार्फत अतिथि तथा विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।
त्यस्तै, विद्यार्थीहरुको तर्फबाट कक्षा १२ की छात्रा विश्वकला नेपाललले स्वागत मन्तव्य दिएकी थिइन् ।
कार्यक्रमका विशेष अतिथि पंकजविक्रम नेम्वाङले रिलायन्सले शिक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे । ‘शिक्षा क्षेत्रमा रिलायन्सको पहिचान राम्रो रहेको कुरामा म जानकार छु,’ उनले भने, ‘विश्वमै लोकप्रिय खेल फुटबलको क्षेत्रमा पनि यहाँहरुले गर्दै आउनुभएको सहयोगलाई स्मरण गर्दै भविष्यमा फुटबलको क्षेत्रमा यहाँहरुको लगाब, माया र सहयोग निरन्तर रहोस् ।’
महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी दीपा शाही जस्तो प्रभावशाली खेलाडी जन्माउन सफल भएकोमा नेम्वाङले कलेजलाई धन्यवादसमेत दिए । ‘भविष्यमा रिलायन्सले दीपा शाही जस्तै पुरुष खेलाडी पनि दिनेछ भन्ने विश्वास लिएका छौँ,’ उनले भने ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि हमालले रिलायन्स कलेजले दुई दशकको यात्रामा आफूलाई अब्बल विद्यालयको रुपमा स्थापित गराएको शुभकामना व्यक्त गरे । त्यस्तै, उनले पछिल्लो समय कक्षा १२ अध्ययनपछि विद्यार्थीहरु विदेशीन बाध्य भएको स्मरण गर्दै त्यसलाई रोक्न सबैले हातेमालो गर्नुपर्ने बताए । कार्यक्रममा उनको बायोग्राफीसमेत देखाइएको थियो ।
त्यस्तै, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोज वैद्यले नकारात्मक कुरा छोडेर सकारात्मक कुराहरु अँगाल्दै जीवनको लक्ष्य प्राप्तीका लागि अघि बढ्न विद्यार्थीहरुलाई हौसला प्रदान गरे । त्यस्तै, त्यो तहकाृे शिक्षा दिनका लागि रिलायन्स कलेज सक्षम रहेको समेत बताए ।
कार्यक्रमका सभापति एवम् नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले नेपालका ७० भन्दा बढी जिल्लाबाट उत्साह, उमंग, जोश र सपना बोकेर रिलायन्स एकेडेमीको २१ औँ व्याचअन्तर्गत कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका थिए । साथै, २०८० सालमा कक्षा १२ बाट दिक्षित हुने विद्यार्थीलाई बधाईसमेत दिए ।
साथै, थापाले कलेजले हालसम्म प्राप्त गरेको उपलब्धिलाईसमेत कार्यक्रममा बताएका थिए । कार्यक्रममा बोल्दै थापाले भने, ‘शिक्षण संस्था प्रमाणपत्र वितरण गर्ने संस्थामात्र नभएर जीवन रुपान्तरण गर्न सक्नुपर्छ,’ उनले भने, ‘त्यो शिक्षा दिन हामी प्रतिवद्ध छौँ ।’
रिलायन्सले शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थीलाई हरक्षेत्रमा अब्बल बनाउन इसिए र सिसिएलाई सँगसँगै लिएर गएको थापाले बताए । ‘हामीले हाम्रा विद्यार्थीलाई कसरी व्यक्तित्व विकास गराउन सक्छौँ भन्ने कुरा शिक्षण सिकाइमा जोडेका छौँ,’ उनले भने, ‘त्यसैले रिलायन्समा अध्ययन गरेका विद्यार्थीहरु आज नेपालको महिला राष्ट्रिय फुटबल टिममा पर्नुभएको छ । यसैगरी, कला साहित्यका क्षेत्रमा पनि हाम्रा विद्यार्थीहरु अब्बल छन् ।’
२०६० सालमा काठमाडौं उत्तरपूर्वी भेगका शैक्षिक अभियन्ताहरुले शुरु स्थापना गरेको रिलायन्स पछिल्लो समय विद्यार्थीहरुको रोजाईमा पर्दै आएको कलेज हो । जीवनलाई परिणाममूखी बनाउने उद्धेश्यका साथ स्थापना भएको यस कलेजले विद्यार्थीलाई सफल र असल बनाउने प्रयास गरिरहेको उनले बताए ।
दुई दशकको शैक्षिक इतिहास बोकेको यस एकेडेमीका हजारौं विद्यार्थीहरु पेसागत व्यावसायिक र शैक्षिक रुपमा अब्बल साबित बन्दै आएको उनले सुनाए ।
भरपर्दो, विश्वसनीय, स्वतन्त्र सर्वेक्षणबाट रिलायन्स एकेडेमी पटकपटक टपटेन सूचिमा पर्दै आएकोसमेत उनले स्मरण गरे । ‘यसवर्ष पनि एजुकेशन समाचारले गरेको सर्वेक्षणमा देशभरका ८ हजार ८ सय ६ माविमध्ये रिलायन्स एकेडेमी टप ४ मा पर्न सफल भएको थियो,’ उनले भने ।
संस्कार, संस्कृति, सद्भाव, सहअस्तित्व, आदरभाव, आत्मसम्मान रिलायन्सका मौलिक पहिचान बनेको उनको ठम्याइ छ ।
कोभिड महामारीसँगै रिलायन्स एजुकेशन नेटवर्कले नमस्ते संस्कृति र दुई मिनेटको मेडिटेसनलाई स्थापित गरेको कलेजका इसिए तथा सीसीए कोअर्डिनेटर गोविन्द ढकालले बताए । कार्यक्रम सञ्चालक समेत रहेका ढकालले भने, ‘हामी कुनैपनि कक्षा सुरु हुनुभन्दा अघि गरिएको मेडिटेसनले विद्यार्थीलाई एकचित्त र शान्त बनाउने गरेको हामीले विश्वास लिएका छौँ ।’
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुति दिएका थिए ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया