एसईईको नतिजा प्रकाशनका लागि बोर्डको बैठक बोलाइयो, नतिजा आजै आउने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज (बिहिबार) माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने भएको छ । गत चैत महिनामा भएको एसईई परीक्षाको नतिजा बोर्डले आज सार्वजनिक गर्न लागेको हो ।
नतिजा प्रकाशनका लागि बिहान ७ः३० बजे बोर्डको बैठक आह्वान गरिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एजुकेशन समाचारलाई जानकारी दिए । ‘नतिजा प्रकाशनकै लागि ७ः३० बजे बैठक बोलाइएको छ,’ उनले भने, ‘आज १० बजेभित्र नतिजा सार्वजनिक भइसक्छ ।’ यसवर्षको एसईई परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ जना विद्यार्थी सहभागि भएका थिए ।
बोर्डले यसवर्षबाट पहिलोपटक नतिजामा नन् ग्रेडिङ (एनजी) लगाउँदैछ । जसअन्तर्गत विद्यार्थीले सैद्धान्तिक विषयतर्फ ३५ प्रतिशत अर्थात् पूर्णाङ्क ७५ मा २७ नम्बर प्राप्त गर्नुपर्नेछ । यो नम्बर प्राप्त नगरेको अवस्थामा विद्यार्थीलाई फेल सरह अर्थात् कक्षा ११ अध्ययन गर्न पाउँदैनन् ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनले जेनजीको माग पुरा गर्न सक्दिन भनेपछि…
- सीटीईभीटीको सर्टिफिकेट र ट्रान्सक्रिप्टमा क्यूआर कोड
- एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
- रिलायन्सद्वारा २३ औँ ब्याचका विद्यार्थीलाई स्वागत २१ औँ ब्याचलाई बिदाइ कार्यक्रम सम्पन्न
- राजनीतिक दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारवाही गर्ने मन्त्री पुनको चेतावनी
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक हुँदैं
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया