रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
काठमाडौं । चावहिल सरस्वतीगनरस्थित रिलायन्स कलेजको चौथो विज्ञान तथा साहित्य मेला सम्पन्न भएको छ । आज शनिबार गते कलेजको प्राङ्गगणमा एक समारोहबीच उक्त प्रदर्शनी र मेला समापन भएको हो ।
समापन समारोहको अध्यक्षता रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजङ्ग थापाले गरेका थिए । भने, कार्यक्रममा अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख सह प्राध्यापक लोकबहादुर बराल प्रमुख अतिथिका रुपमा थिए ।
प्रमुख अतिथि बरालले रिलायन्स जस्तो उदाहरणीय संस्थाले यस प्रकारको खोज मूलक,विद्यार्थी केन्द्रित कार्यक्रम निरन्तर आयोजना गर्नु अत्यन्तै प्रशंसनीय काम रहेको बताए ।
समापन कार्यक्रमका सभापति नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजङ्ग थापाले २०८२ सालमा पनि यसै उत्साहलाई कायम हुने गरी पाँचौ विज्ञान तथा सहित्य मेला आयोजना गर्ने प्रतिवद्घता व्यक्त गरे ।
रिलायन्स एजुकेसन नेटवर्कले यस वर्षबाट साहित्य मेला समेत आयोजना गरेको छ । साहित्यकार एवं मदन पुरस्कार विजेता अमर न्यौपाने र लेखक उद्घव प्याकुरेलको उपस्थितिमा लेखकसँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको थियो । अत्यन्त प्रभावकारी सो कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्क आवद्घ विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
फाल्गुन १, २ र ३ गते आयोजना गरिएको यस विज्ञान तथा साहित्य मेलामा करिब ५२ ओटा बिद्यालयबाट ५००० भन्दा बढी विद्यार्थीहरुको अवलोकनात्मक भ्रमण समेत भएको थियो ।
विज्ञान र सूचना प्रविधि सम्बन्धित ४९ ओटा स्टलहरु राखिएको उक्त कार्यक्रम रिलायन्स साइन्स एण्ड आइ टी क्लब र रिलायन्स साहित्य क्लबको संयुक्त आयोजनामा गरिएको हो ।
विज्ञान संकायका संयोजक यादव पाण्डेको स्वागत मन्तव्यबाट ुुरु गरिएको समापन समारोहमा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा सिनियर चार्टड एकाउनटेण्ट राजुकुमार सिवाकोटीले आफ्नो मन्तव्य राख्दै विद्यार्थीलाई सिकाइमा केन्द्रित गर्न यस्ता रचनात्मक कार्यक्रमले थप टेवा पुग्ने बताए । सो समापन कार्यक्रम भन्दा अगाडि पाचौं रिलायन्स गायन प्रतियोगिता समेत भव्य रुपमा आयोजना गरिएको थियो । सूचना प्रविधिसँग सम्बन्धित ह्याकाथन प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
विज्ञान प्रदर्शनीको कलेज विधा तर्फ ट्रिनिटी कलेज तथा स्कुल विधा तर्फ रिलायन्स पब्लिक स्कूल क्रमश ः प्रथम भएका थिए । रिलायन्स साइन्स एण्ड आइ टी क्लबका सचिव आदित्य भूषण कुशवाहा तथा रिलायन्स साहित्य क्लबका उपाध्यक्ष यूनिका गुरुङ्गले क्रमश ः सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
ताजा अपडेट
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
- जथाभावी विद्यार्थीको कपाल मुण्डन नगर्न विद्यालयहरुलाई महानगरको आग्रह
- रिलायन्सले गर्यो स्नातक तह उत्तीर्ण विद्यार्थीलाई विदाई
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु
- विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया