काठमाडौं— राजावादी आन्दोलनका क्रममा भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएका भनिएका डा. राजकुमार राई क्यापिटल कलेज अफ रिसर्च सेन्टरको निर्देशक नभएको पाइएको छ । १५ फागुनमा भएको प्रदर्शनका क्रममा भाटभटेनी लुटपाटमा संलग्न भनिएका राई सीसीआरसी कलेजको समेत निर्देशक रहेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि कलेजले उनको कलेजसँग आवद्धता नभएको दावी गरेको हो ।
कलेजका प्रिन्सिपल हरिचन्द्र लामिछानेले डा. राईले सीसीआरसी छोडेको १० वर्ष भइसकेको जानकारी दिए । ‘उहाँ भूकम्पभन्दा अघि अर्थात् २०७१ सालसम्म हाम्रो कलेजमा कार्यक्रम संयोजकका रुपमा रहेको कुरा साँचो हो,’ उनले भने, ‘तर, २०७१ साल असारदेखि उहाँ कलेजको कुनैपनि भूमिकामा हुनुहुन्न ।’
लामिछानेले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा एकतर्फी ढंगबाट समाचार आएको आपत्तिसमेत जनाए । ‘यो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘सञ्चारमाध्यमहरु जिम्मेवार नहुँदा कतिपय अवस्थामा हामीजस्ता शैक्षिक संस्थाहरुको बदनामी हुँदो रहेछ यसतर्फ सञ्चारमाध्यहरु जिम्मेवार बन्नसमेत आग्रह गर्दछु ।’
अमेरिकाबाट पिएचडीसमेत गरेका राई राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको जिल्ला सभापतिसमेत हुन् । उनले चैत १५ गते कोटेश्वरको भाटभटेनीबाट महंगा ब्रान्डका ब्ल्याकलेबल, ब्यू लेबल जस्ता ह्वीस्की चोर्दै गरेको सीसीटीभी फुटेजका आधारमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
ताजा अपडेट
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
- जथाभावी विद्यार्थीको कपाल मुण्डन नगर्न विद्यालयहरुलाई महानगरको आग्रह
- रिलायन्सले गर्यो स्नातक तह उत्तीर्ण विद्यार्थीलाई विदाई
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु
- विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया