रिलायन्सले राष्ट्रव्यापी एसईई निबन्ध प्रतियोगिता गर्दै, विजेतालाई १५ हजारसहित शतप्रतिशत छात्रवृत्ति
काठमाडौं– चावहिल, सरस्वतीनगरस्थित रिलायन्स कलेजले पाँचौ राष्ट्रव्यापी एसईई निबन्ध प्रतियोगिता गर्ने भएको छ । विगत ५ वर्षदेखि सञ्चालन हुदै आएको यो प्रतियोगिता २०८१ सालमा एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको जनाइएको छ ।
प्रतियोगिता जेठ १ गतेदेखि असार १० गतेसम्म देशभर एसईई दिएर बसेका विद्यार्थीहरुले ‘मोबाइल प्रविधिको प्रयोग: सुविधा कि समस्या ?’ शिर्षकमा नेपाली वा अंग्रेजी भाषा मध्ये एकमा आफ्नो निबन्ध पठाउन सक्ने कलेजका प्रिन्सिपल श्री रविन्द्रजंग थापाले बताए । निबन्ध इमेल ठेगाना [email protected] र कलेजमै आएर पनि बुझाउन सकिनले प्रिन्सिपल थापाले जानकारी दिए ।
प्रतियोगितामा सहभागी मध्ये १३ उत्कृष्ट विद्यार्थीलाई नगद, ठूलो मात्रामा छात्रवृत्ति, प्रमाण पत्र र अन्य पुरस्कार प्रदान गरिने कलेजका शैक्षिक निर्देशक वीरेन्द्रकुमार मेहताले बताए । देशभरिबाट संकलन हुने निबन्ध मध्ये प्रथम हुने एकजनालाई १५ हजार रुपैयाँ नगद, कक्षा ११ को भर्नामा शतप्रतिशत छुट, १२ महिनाकै मासिक किस्ता छुट गरिने जनाइएको छ ।
द्वितीयलाई १० हजार रुपैयाँ, कक्षा ११ को भर्नामा शतप्रतिशत छुट, ९ महिनाको मासिक किस्ता छुट गरिने कलेजले जनाएको छ । तृतीय हुने एक जनालाई ६ हजार रुपैयाँ नगद कक्षा ११ को भर्नामा शतप्रतिशत छुट, ६ महिनाको मासिक किस्ता छुट गरिने जनाइएको छ । साथै, सान्त्वना हुने १० जनालाई २ हजार ५ सय रुपैयाँ नगद पुररुकार कक्षा ११ को भर्नामा ५०% छुट, २ महिनाको मासिक किस्ता छुट गरिने कलेजले जनाएको छ । त्यसका अलावा १३ जनालाई नै प्रमाण पत्र तथा अन्य पुरस्कारहरुबाट सम्मान गरिने समेत शैक्षिक निर्देशक मेहताले जानकारी दिए ।
सामाजिक उत्तरदायित्वलाई बहन गर्ने र एसईई दिएर बसेका विद्यार्थीहरुलाई उनीहरुको लेखन एवं सृजनात्मक कलालाई उजागर गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गरिने यो राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आफैंमा एउटा उत्कृष्ट अभियान रहेको र यसको नतिजा प्रकाशन २०८२ साल असार २० गते कलेजको आधिकारिक फेसबुक पेजमार्फत प्रकाशन गरिने कलेजका एसीए कोअर्डिनेटर गोबिन्द ढकालले जानकारी दिए । विजेता विद्यार्थीहरुलाई कलेजमा भव्य समारोहका बीचमा पुरस्कार वितरण गरिनेसमेत उनले बताए । साथै, विजेता विद्यार्थीले आफ्नो पुरस्कार लिन जाँदा एसईईको प्रवेश पत्रको प्र्रतिलिपि अनिवार्य रुपमा कलेजमा बुझाउनु पर्ने समेत ढकालले जानकारी दिए ।
विगत ४ श्रृङ्खला सफलताका साथ सम्पन्न भएको यो राष्ट्रव्यापी निबन्ध प्रतियोगिताको प्रथम संस्करणको विजेता मन्टेश्वरी सेकेन्डरी स्कुल इलामकी आस्था ढकाल रहेकी थिइन् भने द्वितीय संस्करणको विजेता भुवनेश्वर सेकेण्डरी स्कुल ओखलढुङ्गाकी सामना खतिवडा रहेकी थिइन् । तृतीय संस्करणको विजेताको रुपमा लालिगुराँस इङ्गलिस सेकेण्डरी स्कुल ओखलढुङ्गाका रोहन खतिवडा रहेका थिए ।
त्यस्तै गत वर्षको चौथो संस्करणको विजेता पनि लालिगुराँस इङ्गलिस सेकेण्डरी स्कुल ओखलढुङ्गाकै युजन कटुवाल रहेको कलेज प्रशासनले जानकारी दिएको छ ।
ताजा अपडेट
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
- जथाभावी विद्यार्थीको कपाल मुण्डन नगर्न विद्यालयहरुलाई महानगरको आग्रह
- रिलायन्सले गर्यो स्नातक तह उत्तीर्ण विद्यार्थीलाई विदाई
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु
- विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया