बालेनले यसरी सुधार्दैछन् सामुदायिक विद्यालय, बालमैत्री शौचालयदेखि नरम खालका फर्निचरसम्म

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २२ न्यूरोड (नयाँ सडक) सधैँ व्यापारिक क्रियाकलापमा व्यस्त हुन्छ । नयाँ सडकको गेटबाट बसन्तपुरतर्फ लाग्दा करिब १ सय मिटरको दुरी दायाँतर्फ हिमालय माध्यमिक विद्यालय छ । जो २०१७ सालमा स्थापना भएको विद्यालय हो ।
अहिले यस विद्यालयको प्रारम्भिक बाल विकासका कक्षामा ११६ जना विद्यार्थी छन् । आउँदो सरस्वती पूजाका भर्ना गर्नका लागि ३५ जनाले आवेदन दिइसकेको विद्यालयकी सहायक प्रधानाध्यमक मीरा श्रेष्ठ बताउँछिन् । ‘यो बढ्दो संख्यालाई कसरी धान्ने योजना बनाउँदैछौँ,’ विद्यालयकी सहायक प्रधानाध्यापक श्रेष्ठले विद्यार्थी चापका विषयमा कुरा गर्दै भनिन्’, ‘यी कक्षामा पढ्ने बालबालिका शनिवार पनि स्कूल आउन घरमा जिद्दी गर्न थालेका छन् ।’
विद्यालयका भित्तामा बालबालिकालाई मन पर्ने चित्र कोरिएका छन् । कक्षा कोठाभरि खेलौना राखिएका छन् । यसले बालबालिकालाई घरमा भन्दा विद्यालयमा रमाउन थालेको श्रेष्ठ बताउँछिन् ।
यता गणवहालमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयमा पनि यस समूहका बालबालिकाको भर्ना चाप बढ्दो क्रममा छ । प्रधानाध्यापक करुणा प्रधानले प्रारम्भिक बाल विकास कक्षामा ५८ जना विद्यार्थी रहेको जानकारी दिइन् । विद्यालयमा अहिले करिब ४ सय जना विद्यार्थी अध्ययन गरिरहेका छन् । यो विद्यालय वि. सं. २००७ सालमा स्थापना भएको हो ।
यी दुवै विद्यालयमा बालमैत्री पूर्वाधार तयार पार्न वडा नं. २२ ले करिव ३० लाख रुपैयाँ खर्च गरेको छ । यसबाट शौचालयहरुलाई बालमैत्री बनाइएको छ । युरिनल, फ्लसरको उचाइ घटाइएको छ । हात धुने ठाउँ बालबालिकाले भेट्ने बनाइएको छ । नरम र धार नभएका फर्निचर राखिएको छ । यसबाट फर्निचरमा विद्यार्थी ठोक्किँदा चोट लाग्ने खतरा घटेको छ । भित्तामा टेलिभिजन राखिएको छ । कोठामा राखिएका र्याकमा चित्र र कथा भएका किताब छन् ।
बस्नका लागि चकटीहरु राखिएका छन् । सामुदायिक विद्यालयमा गरिएको लगानीका बारेमा वडाध्यक्ष तथा स्वास्थ्य एवं शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन भन्नुहुन्छ, ‘प्रारम्भिक बाल विकास कक्षामा विद्यार्थीहरुमा विद्यालयप्रतिको आकर्षण बढ््यो भने ‘ड्रप आउट’को समस्या हुँदैन । हामी यसका लागि काम गरिरहेका छौँ ।’ महर्जनले थप्दै भन्नुभयो, ‘हामी सामुदायिक विद्यालयमा निजी विद्यालयहरुको भन्दा धेरै सुविधा र गुणस्तरीय शिक्षण विधि कार्यान्वयन गर्दैछौँ । यसबाट गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुग्नेछ ।’
बालमैत्री पूर्वाधारसँगै यी कक्षाहरुमा अध्यापन गराउने शिक्षकहरुको क्षमता विकासमा हाम्रो ध्यान छ । माथिल्लो कक्षाका शिक्षकमाभन्दा यी कक्षाका शिक्षकमा सिकाइ सिप धेरै चाहिन्छ । महर्जनले शिक्षकहरुलाई तालिम दिएर शिक्षण सिकाइलाई बालमैत्री र प्रविधिमैत्री बनाउँदै लाने योजना सुनाइन् ।
विद्यालयहरुको शैक्षिक क्रियाकलापका बारेमा कार्यपालिका सदस्य ललिता खड्गी भन्छिन्, ‘छोटो अवधिमा विद्यार्थीहरुको चाप धेरै बढेको छ । यसलाई कायम राख्न शैक्षिक गुणस्तर बढाउने क्रियाकलाप थप्नु पर्ने देखिएको छ ।’
ताजा अपडेट
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया