बालेनले यसरी सुधार्दैछन् सामुदायिक विद्यालय, बालमैत्री शौचालयदेखि नरम खालका फर्निचरसम्म
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २२ न्यूरोड (नयाँ सडक) सधैँ व्यापारिक क्रियाकलापमा व्यस्त हुन्छ । नयाँ सडकको गेटबाट बसन्तपुरतर्फ लाग्दा करिब १ सय मिटरको दुरी दायाँतर्फ हिमालय माध्यमिक विद्यालय छ । जो २०१७ सालमा स्थापना भएको विद्यालय हो ।

अहिले यस विद्यालयको प्रारम्भिक बाल विकासका कक्षामा ११६ जना विद्यार्थी छन् । आउँदो सरस्वती पूजाका भर्ना गर्नका लागि ३५ जनाले आवेदन दिइसकेको विद्यालयकी सहायक प्रधानाध्यमक मीरा श्रेष्ठ बताउँछिन् । ‘यो बढ्दो संख्यालाई कसरी धान्ने योजना बनाउँदैछौँ,’ विद्यालयकी सहायक प्रधानाध्यापक श्रेष्ठले विद्यार्थी चापका विषयमा कुरा गर्दै भनिन्’, ‘यी कक्षामा पढ्ने बालबालिका शनिवार पनि स्कूल आउन घरमा जिद्दी गर्न थालेका छन् ।’

विद्यालयका भित्तामा बालबालिकालाई मन पर्ने चित्र कोरिएका छन् । कक्षा कोठाभरि खेलौना राखिएका छन् । यसले बालबालिकालाई घरमा भन्दा विद्यालयमा रमाउन थालेको श्रेष्ठ बताउँछिन् ।
यता गणवहालमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयमा पनि यस समूहका बालबालिकाको भर्ना चाप बढ्दो क्रममा छ । प्रधानाध्यापक करुणा प्रधानले प्रारम्भिक बाल विकास कक्षामा ५८ जना विद्यार्थी रहेको जानकारी दिइन् । विद्यालयमा अहिले करिब ४ सय जना विद्यार्थी अध्ययन गरिरहेका छन् । यो विद्यालय वि. सं. २००७ सालमा स्थापना भएको हो ।

यी दुवै विद्यालयमा बालमैत्री पूर्वाधार तयार पार्न वडा नं. २२ ले करिव ३० लाख रुपैयाँ खर्च गरेको छ । यसबाट शौचालयहरुलाई बालमैत्री बनाइएको छ । युरिनल, फ्लसरको उचाइ घटाइएको छ । हात धुने ठाउँ बालबालिकाले भेट्ने बनाइएको छ । नरम र धार नभएका फर्निचर राखिएको छ । यसबाट फर्निचरमा विद्यार्थी ठोक्किँदा चोट लाग्ने खतरा घटेको छ । भित्तामा टेलिभिजन राखिएको छ । कोठामा राखिएका र्याकमा चित्र र कथा भएका किताब छन् ।

बस्नका लागि चकटीहरु राखिएका छन् । सामुदायिक विद्यालयमा गरिएको लगानीका बारेमा वडाध्यक्ष तथा स्वास्थ्य एवं शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन भन्नुहुन्छ, ‘प्रारम्भिक बाल विकास कक्षामा विद्यार्थीहरुमा विद्यालयप्रतिको आकर्षण बढ््यो भने ‘ड्रप आउट’को समस्या हुँदैन । हामी यसका लागि काम गरिरहेका छौँ ।’ महर्जनले थप्दै भन्नुभयो, ‘हामी सामुदायिक विद्यालयमा निजी विद्यालयहरुको भन्दा धेरै सुविधा र गुणस्तरीय शिक्षण विधि कार्यान्वयन गर्दैछौँ । यसबाट गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुग्नेछ ।’

बालमैत्री पूर्वाधारसँगै यी कक्षाहरुमा अध्यापन गराउने शिक्षकहरुको क्षमता विकासमा हाम्रो ध्यान छ । माथिल्लो कक्षाका शिक्षकमाभन्दा यी कक्षाका शिक्षकमा सिकाइ सिप धेरै चाहिन्छ । महर्जनले शिक्षकहरुलाई तालिम दिएर शिक्षण सिकाइलाई बालमैत्री र प्रविधिमैत्री बनाउँदै लाने योजना सुनाइन् ।
विद्यालयहरुको शैक्षिक क्रियाकलापका बारेमा कार्यपालिका सदस्य ललिता खड्गी भन्छिन्, ‘छोटो अवधिमा विद्यार्थीहरुको चाप धेरै बढेको छ । यसलाई कायम राख्न शैक्षिक गुणस्तर बढाउने क्रियाकलाप थप्नु पर्ने देखिएको छ ।’
ताजा अपडेट
- मनपरी शुल्क असुले कारबाही गर्ने सीटीईभीटीको चेतावनी ! नर्सिङ, एचए र फार्मेसीमा पुरानै शुल्क कायम
- विद्यार्थीको व्यक्तिगत विवरण दुरुपयोग नगर्न केन्द्रको निर्देशन
- अर्बाना स्कुलद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- इन्जिनियरिङ अध्ययन संस्थानको स्नातक तह प्रवेश परीक्षाको आवेदन असार ३ गतेदेखि खुल्ने
- विश्व वातावरण दिवसमा ग्रीन आर्मीको विशेष कार्यक्रम, वातावरण संरक्षणसँगै विद्यार्थीको नेतृत्व विकासमा जोड
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
- अनुसन्धान संस्कृतिलाई संस्थागत गर्दै काठमाडौं बर्नहार्ट, शिक्षकद्वारा विविध विषयमा अनुसन्धान प्रस्तुत
- त्रिविले सार्वजनिक गर्यो स्नातक तहको नयाँ भर्ना तालिका
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया