Techie IT
  • शनिबार, जेठ ५, २०८१ / Sunday, May 19, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारसुमना श्रेष्ठ नयाँ शिक्षामन्त्री

समाचार

सुमना श्रेष्ठ नयाँ शिक्षामन्त्री


काठमाडौं—नयाँ गठबन्धन सरकारमा सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्ने तय भएको छ । रास्वपा निकट स्रोतकाअनुसार उसले आफूले पाउने तीन मन्त्रालयमा गृहमन्त्रीमा रवि लामिछाने, शिक्षामन्त्रीमा श्रेष्ठ र श्रममन्त्रीमा डिपी अर्याल  र युवा तथा खेलकूद मन्त्रालयमा विराजभक्त श्रेष्ठलाई पठाउने निश्चित गरेको हो ।

‘हाम्रो पार्टीले पाउने चार मन्त्रालयमा पठाउने मन्त्रीहरुको नाम लगभग निश्चित भएको छ,’ रास्वपा स्रोतले भन्यो, ‘शिक्षामन्त्रीमा सुमनाको नाम लगभग पक्का हो ।’

यसअघि पहिलोपटक रास्वपा सरकारमा सहभागी हुँदा पनि उसले गृहसहित, शिक्षा र श्रम मन्त्रालय पाएको थियो । त्यो बेला शिक्षामन्त्री शिशिर खनाल भएका थिए ।



तपाईको प्रतिक्रिया