Techie IT
  • बिहीबार, कात्तिक ७, २०८२ / Thursday, October 23, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठइन्टरनेशनलट्रम्प प्रशासनले रोक्यो हावार्ड युनिभर्सिटीको दुई अर्ब बिलियन डलर अनुदान

समाचार

ट्रम्प प्रशासनले रोक्यो हावार्ड युनिभर्सिटीको दुई अर्ब बिलियन डलर अनुदान


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हावार्ड युनिभर्सिटीलाई दिइने दुई अर्ब बिलियन डलरको अनुदान सम्झौता रोकेका छन् । युनिभर्सिटीले ट्रम्प प्रशासनले सारेका सर्तहरु मान्न अस्वीकार गरेपछि संघीय सरकारले प्रदान गर्ने दुई बिलियन डलरको अनुदान सम्झौता रोकिएको हो ।

विश्वविद्यालयले ह्वाइट हाउसका सर्तहरु मान्दा आफ्नो स्वायत्तता भत्किने भन्दैं उक्त सर्तहरु मान्न अस्वीकार गरेको हो । सञ्चार माध्यमहरुकाअनुसार ह्वाइट हाउसले हावार्ड विश्वविद्यालय प्रशासनलाई भर्ना प्रक्रिया, नियुक्तलगायतमा विभिन्न शर्तहरु राख्दैं पत्र पठाएको थियो ।

यस्तै, हावार्डसँगको ६० मिलियन डलरको अर्को सम्झौता पनि रद्ध गरिएको बताइएको छ । यसले हावार्डलाई विद्यार्थीहरुलाई दिइदैं आएका छात्रवृत्तिलगायतका कार्यक्रम अगाडि बढाउन समस्या हुनेछ ।

ट्रम्प प्रशासनका शर्त नमान्ने हावार्ड पहिलो विश्वविद्यालय हो । संसारकै हावार्ड पहिलो नम्बरको विश्वविद्यालयका रुपमा प्रतिष्ठित छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको