Techie IT
  • मंगलबार, असार ३, २०८२ / Tuesday, June 17, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठइन्टरनेशनलट्रम्प प्रशासनद्वारा हावार्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा रोक, भर्ना भएका विदेशी विद्यार्थीले अन्यत्र ट्रान्सफर लिनुपर्ने

समाचार

ट्रम्प प्रशासनद्वारा हावार्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा रोक, भर्ना भएका विदेशी विद्यार्थीले अन्यत्र ट्रान्सफर लिनुपर्ने


वासिङ्गटन—ट्रम्प प्रशासनले प्रतिष्ठित हावार्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमतिलाई रोक लगाइदिएको छ । ट्रम्प प्रशासनको अमेरिकाको पूरानो विश्वविद्यालयसँग चर्किएको असमझदारीकाबीच यो निर्णय आएको हो ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा कानुनसम्मत काम गर्न असफल भएकाले यो निर्णय लिइएको बताएकी छन् । ‘कानुनसम्मत काम गर्न विफल भएकाले हावार्डको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन खारेज गरिएको हो,’ उनले एक्समा उल्लेख गरेकी छन् ।

उनले यो निर्णय अन्य विश्वविद्यालयहरुका लागि चेतावनी भएको पनि उल्लेख गरेकी छन् ।

यस्तै, अब हावार्डमा भर्ना भइसकेका विदेशी विद्यार्थीहरुले अन्य विश्वविद्यालयमा ‘ट्रान्सफर’ लिनुपर्नेछ । यसले हावार्डमा अध्ययनरत हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी प्रभावित हुनेछन् । हावार्डले सरकारको यो कदमलाई गैरकानुनी भनेको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको