समाचार
ट्रम्प प्रशासनद्वारा हावार्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा रोक, भर्ना भएका विदेशी विद्यार्थीले अन्यत्र ट्रान्सफर लिनुपर्ने
वासिङ्गटन—ट्रम्प प्रशासनले प्रतिष्ठित हावार्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमतिलाई रोक लगाइदिएको छ । ट्रम्प प्रशासनको अमेरिकाको पूरानो विश्वविद्यालयसँग चर्किएको असमझदारीकाबीच यो निर्णय आएको हो ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा कानुनसम्मत काम गर्न असफल भएकाले यो निर्णय लिइएको बताएकी छन् । ‘कानुनसम्मत काम गर्न विफल भएकाले हावार्डको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन खारेज गरिएको हो,’ उनले एक्समा उल्लेख गरेकी छन् ।
उनले यो निर्णय अन्य विश्वविद्यालयहरुका लागि चेतावनी भएको पनि उल्लेख गरेकी छन् ।
यस्तै, अब हावार्डमा भर्ना भइसकेका विदेशी विद्यार्थीहरुले अन्य विश्वविद्यालयमा ‘ट्रान्सफर’ लिनुपर्नेछ । यसले हावार्डमा अध्ययनरत हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी प्रभावित हुनेछन् । हावार्डले सरकारको यो कदमलाई गैरकानुनी भनेको छ ।
ताजा अपडेट
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया