व्यवस्थापनमा पूर्वकै अब्बल मावि मेरिल्याण्ड

विराटनगर— विराटनगर—७ स्थित मेरिल्याण्ड सेकेण्डरी स्कुल पूर्वमै व्यवस्थापनमात्रै पढाउने अब्बल माविमा पर्छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा गत वर्ष मेरिल्याण्डले उत्कृष्ट नतिजा हासिल गरेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल बताउँछन् ।
प्रिन्सिपल ढकालकाअनुसार माविले बोर्डको परीक्षामा ९५.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको थियो । माविले कम्प्युटर साइन्स, विजनेश स्टडिज, विजनेश म्याथ पढाउँदैं आएको छ । ‘यस वर्षदेखि हामीले होटल म्यानेजमेन्ट पनि थपेका छौं,’ ढकाल भन्छन्, ‘पूर्वमा एउटै मात्र संकाय अध्यापन गर्छौ । नतिजामा पनि उत्कृष्ट दिइरहेका छौं ।’
माविले कक्षा ११ र १२ का विद्यार्थीहरु निःशुल्क पुस्तक उपलब्ध गराउँछ । ‘त्यसबाहेक हाम्रो उत्कृष्ट नतिजाको मूल कारण चुस्त व्यवस्थापन, वर्षभरि निःशुल्क कोचिङको व्यवस्था, अनुभवी शिक्षक शिक्षिकाको टिम नै हो,’ उनी थप्छन्, ‘विद्यार्थीहरुको विशेष निगरानी, अतिरिक्त क्रियाकलाप, उच्च क्यारिअर डेभलपमेन्ट अपरचुनिटी आदि हाम्रो माविका विशेषता हुन् ।’
माविमा विश्वमै लोकप्रिय बनिरहेको विकासमैत्री गुणात्मक शिक्षालाई जोड दिइएको छ । अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकासमा पनि माविले उत्तिकै लगानी गरिरहेको छ । ढकालकाअनुसार कविता प्रतियोगिता, वादविवाद प्रतियोगिता, क्वीज कम्पीटिसनजस्ता प्रतियोगिताहरु निरन्तर भइरहेका हुन्छन् भने कृषि शाला, भ्रमण, योगा क्लास, खेलकूद, गेष्ट लेक्चर, मोटिभेसनल स्पीच,
मेरिल्याण्डले एकेडेमिक क्यालेन्डर बनाएर वर्षभरी त्यसलाई फ्लो गर्ने गर्छ । त्यसकै परिणाम मान्नुपर्छ अहिले मेरिल्याण्डका विद्यार्थीहरु विराटनगरका १७ वटा बैक, ७ वटा विकास बैक तथा इन्स्यरेन्स कम्पनी र विभिन्न उधोग तथा निजी कम्पनीहरुमा कार्यरत रहेको उनले जानकारी दिए । ‘हाम्रा विद्यार्थीहरु सीए, म्यानेजर, व्यवसायीका रुपमा काम गरिरहेका छन्,’ उनले थपे, ‘स्वदेशमा मात्रै नभएर क्यानडा, अमेरिका, अष्ट्रेलियाजस्ता देशहरुका राम्रा विश्वविद्यालयमा छात्रवृत्तिमा पढिरहेका छन् ।’ पछिल्ला केही वर्षदेखि नेपालमा टपटेप प्लस टुहरुमा पनि मेरिल्याण्डले आफ्नो स्थान बनाउँदैं आएको छ ।
‘हामी विद्यार्थीहरुलाई घरासयी वातावरणमा पढाउँछौं र अभिभावकको भूमिका निर्वाह गर्छौ,’ प्रिन्सिपल सफलताको रहस्य खोल्छन्, ‘विद्यार्थीको समस्यामा चिन्तित हुन्छौं । कुन विद्यार्थी के मा कमजोर छ, उसलाई के गर्दा राम्रो हुँन्छ त्यही कुरामा ध्यान दिएर पढाउँछौं ।’ माविले विहानी र दिवा दुवै सत्रमा विद्यार्थीहरु अध्यापन गराउँदैं आएको छ । टाढा—टाढाका विद्यार्थीहरुका लागि बसको व्यवस्था पनि माविले गरेको छ ।
ताजा अपडेट
- करारका शिक्षक कटौती नहुने
- ६५२ उत्तररपुस्तिका जेनजी आन्दोलनमा नष्ट भएपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
- सीटीईभीटीका १४ हजारभन्दा बढी उत्तरपुस्तिका जले, पुनः परीक्षा मंसिर ४ देखि
- एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया