Techie IT
  • मंगलबार, असार ३१, २०८२ / Wednesday, July 16, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठहेल्थ एण्ड स्पोर्टसमनसुन पिकलबल च्याम्पियनसीप–२०२४ मा नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन

मनसुन पिकलबल च्याम्पियनसीप–२०२४ मा नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन


काठमाडौं । मनसुन पिकलबल च्याम्पियनसीप–२०२४ मा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । भारतको मुम्बईमा गत अगष्ट २० देखि २५ सम्म भएको उक्त प्रतियोगितामा नेपालका विभिन्न उमेरसमूहका खेलाडीहरुले प्रतिस्पर्धा गरेका हुन् ।

ग्लोबल स्पोर्टस् इन्डियाद्वारा आयोजित उक्त प्रतियोगितामा एक हजारभन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता नेस्को प्रदर्शनी केन्द्रमा भएको थियो ।

उक्त प्रतियोगितामा नेपालका तर्फबाट सिंगल र डबल खेलमा खेलाडीहरु सहभागिता जनाएका थिए । जसमा ३० वर्षभन्दा माथि, ४० वर्षभन्दा माथि, १९ वर्षभन्दा मुनी, १८ वर्षभन्दा मुनी विधामा खेलाडीहरु सहभागि भएका थिए ।

अण्डर–१९ का बीचमा भएको प्रतिस्पर्धामा समीर पोखरलले कास्य पदक जितेका थिए । त्यस्तै, अण्डर–१८ डबलमा पनि समीर र सुवर्ण शाहले कास्य पदक जितेका हुन् ।

३० वर्षभन्दा माथिका खेलाडीमा भएको प्रतिस्पर्धामा नेपालका खेलाडी जाक्सन सुवेदी र मनोज कुमार प्रि क्वाटरफाइनलसम्म पुगेका थिए । त्यस्तै, ४० वर्षभन्दा माथिका खेलाडीका विचमा भएको प्रतिस्पर्धामा नेपालका खेलाडी फत्यबहादुर खड्का र मनोज कुमार पनि प्रि क्वाटर फाइनलसम्म पुगेका थिए ।

यसैगरी, ५० भन्दा माथिका खेलाडीबीच भएको प्रतिस्पर्धामा नेपालका खेलाडी फत्यबहादुर खड्काले भारतीय खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको